
माधब भुसाल पोखरा,साउन ३१ / मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्दको फेसबुकमा रहेको ग्रुप एम आर आरले बिरोध गरेको छ ।
पोखरामा रहेका गु्रपका सदस्यहरुले सभागृह चोकमा बन्द सधैका लागी बन्द गरौ भन्दै हस्ताक्षर अभियान नै चलाएका थिए । एम आर आरका सदस्यहरु विजय क्षेत्री,सुर्य तिमिल्सीना र अनुप गुरुङको नेर्तत्वमा हस्ताक्षर संकलन गरिएको थियो ।
देशका युवाहरु अब बन्द बिरुद्ध लाग्नुपर्ने र यसको शुरुवात आफैबाट गर्नुपर्ने भन्दै हस्ताक्षर संकलन गरिएको एम आर आरका सदस्य विजय गुरुङले बताए ।
हस्ताक्षर संकलन गर्न सर्वसाधरण, मजदुर लगायत बिभिन्न ब्यक्तीहरुको सहभागीता रहेका थियो । बन्द गर्न चाहाने र नचाहाने गरी दुइ थरिका हस्ताक्षर पुस्तिका राखिएको थियो ।
बन्द गर्न नचाहानेमा करिब पाँच सय बढीले हस्ताक्षर गरेका छन् भने बन्द गर्न चाहानेमा कसैले पनि हस्ताक्षर गरेका छैनन् ।
फेसबुकमा रहेको ग्रुप एम आर आरमा हाल देशभित्र र देश बाहीर रहेका पचास हजार छ सय एकसट्ठी नेपाली युवाहरु छन् ।

