जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पा पक्राउ

Share:

काठमाडौं, भदौ १६
कैलालीको टिकापुर घटनापछि सामाजिक सञ्जालमा आइरहेका सामाजिक सद्भाव भड्काउने किसिमका पोष्टहरुको निगरानी बढेसंगै सरकारले कारवाही पनि बढाएको छ ।

यसै क्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

शेर्पालाई प्रहरीले सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने खालका सामाग्री राखेको भन्दै महानगरीय अपराध महाशाखाले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

शर्पासंग अहिले सोधपुछ भइरहेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: