
रेम बिक
पोखरा, १७ भदौ | गायन रियालिटि शो ‘विग आईकन’को छैठौँ सँस्करणको सबटाईटल स्पोन्सरमा ‘कान्साई नेरोल्याक पेन्ट्स नेपाल’ले सहकार्य गर्ने भएको छ । पश्चिमाञ्चलकै नम्बर एक एफएम विग एफएमको आयोजनामा वर्षेनी हुँदै आएको विग आईकनमा ‘कान्साई नेरोल्याक पेन्ट्स’नेपालको सहकार्य यो सँस्करणसहित दोस्रो पटक हो । यसअगाडि पाँचौ विग आईकनमा पनि उसले सबटाईटल स्पोन्सरकै रुपमा विग आईकनसँग सहकार्य गरेको थियो ।
विहिबार विग एफएमका अध्यक्ष महेश भण्डारी र कान्साई नेरोल्याक पेन्ट्स नेपालका कन्ट्री हेड सत्यप्रकाशले कम्पनीको कलंकीस्थित कार्यालयमा सहमतीपत्रमा हस्ताक्षर गरे । ‘देशकै उत्कृष्ट पेन्ट्स कम्पनीसँग विग आईकनले सहकार्य गर्न पाउँदा निकै गर्व महशुस भएको छ ।’ विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘विग आईकनलाई ग्राण्ड ईभेन्ट बनाउन कान्साई नेरोल्याक पेन्ट्स नेपालले गरेको सहकार्यले योगदान दिनेछ ।’ निरन्तर रुपमा ईभेन्टसँग कम्पनीले एउटै टाईटलमा स्पोन्सरको भुमिका दिनुले विग आईकनको प्रभावकारितालाई देखाउने उनले बताए ।
कान्साई नेरोल्याक पेन्ट्स नेपालका कन्ट्री हेड सत्यप्रकाशले विग आईकनको प्रभावकारिता देखेरै आफुहरु त्यसमा सहकार्य गर्न लालायित भएको बताए । ‘यो दुवै पक्षको लागि निकै राम्रो कुरा हो ।’ सत्यप्रकाशले भने–‘व्यवसायिक रुपमा यो सहकार्यले निकै ठुलो अर्थ राख्छ ।’ कान्साई नेरोल्याक पेन्ट्स नेपालले आगामी दिनमा पनि विग आईकनसँग सहकार्य गरिरहने उनले प्रतिबद्धता जनाए ।
कान्साई नेरोल्याक पेन्ट्स विश्वकै पाँच उत्कृष्ट पेन्ट्स कम्पनीहरु मध्ये एक हो । उसले केहि समय अगाडि नेपालमा बलिउड स्टार शाहरुख खानलाई ल्याएर ग्राण्ड ईभेन्ट समेत गरेको थियो । जुन ईभेन्टमा पाँचौ विग आईकन कुन्साङ गुरुङले शाहरुख खानसँग स्टेज शेयर गरेका थिए । कान्साई नेरोल्याक पेन्ट्स नेपालले नै विग आईकन कुन्साङ र बलिउड स्टार शाहरुखलाई एउटै स्टेजमा प्रस्तुती राख्ने व्यवस्था मिलाएको थियो ।
बुधबार मात्रै विग आईकनको ‘प्रोमोटेड बाई’ टाईटलमा द ब्रिटिश कलेज थापाथलीले सहकार्य गर्ने सहमती भएको थियो । र, अन्य टाईटलमा पनि चाँडै सहमती हुने एफएमले जनाएको छ । यतिबेला गायन रियालिटि शो विग आईकनको लागि आवेदन फाराम खुलेको छ । गायन प्रतिभाहरुका लागि आवेदन फाराम निशुल्क भर्ने व्यवस्था गरिएको एफएमले जनाएको छ ।
