पाते २ फिल्मको पोखरामा भिआइपी शो हुने

Share:

पोखरा १७ भदौ / गुरुङ समुदायमा आधारित नेपाली भाषाको चलचित्र पाते २ को पोखरामा भिआइपी शो हुने भएको छ । गुरुङ फिल्म कै इतिहासमा पहिलो पटक २० वर्ष अगाडि बनेको पातेको सिक्वेलको रुपमा बनेको पाते २ को भदौरे युवा क्लवले भिआइपी शो गर्न लागेको हो । चार दर्जन जति चलचित्रमा निर्देशन गरिसकेका अनुभवि निर्देशक प्रितम गुरुङ द्धारा निर्देशित चलचित्रको शुक्रबार भवरकोट पार्टी प्यालेस पोखरामा भिआइपी शो गर्न लागिएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइयो ।

कास्कीको भदौरे गाँउमा छायाँकन गरिएको उक्त चलचित्रमा फिल्मी क्षेत्रका स्थापित निर्देशक एवम कलाकार महोत्से गुरुङले पनि अभिनय गरेका छन । बुवाको भुमिका देखिएका महोत्सेले एक अभिनेताको रोल गरेको निर्देशक प्रितमले बताए । अनुभवि कलाकारहरुले भरिएको चलचित्रले पृथक कथाको चिरण गरेको छ निर्देशक छ उनले भनेले “पुरुष प्रधान नेपाली समाजमा व्याप्त छोरीको महत्वलाई फिल्ममा चित्रण गरिएको छ ।” समाजमा छोराले गर्ने कार्य छोरीले पनि गर्न सक्छिन है भन्ने सन्देश चलचित्रले दिन खोजेको उनले बताए ।

करिव १५ लाख लगानी भएको फिल्मलाई महेश गुरुङ प्रितम र शेरजंग गुरुङ निर्माण गरेका हुन । चलचित्रमा विष्णु गुरुङ, अनुता गुरुङ, अनिता गुरुङ, तारा बहादुर गुरुङ, डिवी गुरुङ, रेशम गुरुङ, लगायतले अभिनय गरेका छन । कास्कीको भदौरे गाँउ र काठमाडौँका विभिन्न क्षेत्रमा छायाँकन गरिएको चलचित्रको काठमाडौँमा भिआइपी शो भइसकेको छ । चलचित्र पोखराको शो लगात्तै देशका अन्य स्थान तथा विदेशमा प्रर्दशन गरिने फिल्म युनिटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: