
पोखरा,भदौ २०,माधब पनेरु ,
नेपाल सरकार शिक्षाा मन्त्रालय शिक्षा बिभाग र उच्च माध्यामिक शिक्षक एशोशियसन बिच बिगतमा भएको सहमति अनुसार नेपाल सरकारले लागु गरेको र्निदेशिका अनुसार काम हुन नसकेको भन्दै उच्च माध्यामिक शिक्षक एशोशियन कास्कीले बिरोध गरेको छ ।
पोखरा मिडिया क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी हिस्टान कास्कीले बिभिन्न ११ बुदेँ माग राखेर आन्दोलनको चेतावनी पनि दिएको छ ।
नेपालमा उच्च माध्यामिक तहको पढाई सुरु भएपछि नै सो तहमा अस्थाई वा करारमा अध्यापन गराउदै आएका शिक्षकहरुको संबन्धमा पनि जिल्ला शिक्षा कार्यालयले आफु अनुकुल र्निणर्य गर्न खाजेको हिस्टान कास्कीका अध्यक्ष शिबलाल उपाध्यायले बताए । रानितिक बिचार तथा अनुकुलताको आधारमा दरबन्दीमा नियुक्त गर्न खाजेपछि आफुहरु आन्दोलनमा जान खोजेको उपाध्यायले बताए ।
शिक्षा बिभाग र हिस्टान बिच २०६६ साल पुष नौ गते संझौता भई तत्कालीन अबस्थामा आन्दोलनमा रहेको हिस्टानले आन्दोलन फिर्ता गरेको थियो । सोही आन्दोलनको क्रममा भएको सहमति अनुसार र्निेदेशिका बनाईएको हो । तर सोही र्निर्देशिका पनि अक्षरस पालना नभएको उनिहरुको भनाई छ ।
उच्च माबिमा अध्यापन गराउने सबै शिक्षकहरु लाई नियुक्ती पत्र दिनु पर्ने हिस्टानको माग छ ।
जिल्ला शिक्षा कार्यलय कास्कीका प्रमुख जिल्ल शिक्षा अधिकारी अम्वीका प्रसाद आचार्यले भने हिस्टानको माग आफु अनुकुल बनाउन खाजेको भन्दै असहमति जनाए । र्निदेशिका पालना गर्नुपर्ने आफ्नो दायित्व भएकोले कसैले संझाउन नपर्ने उनको भनाई छ । बिग न्युज संग कुरा गर्दे आचार्यले सट्टामा पडाएका खेतला शिक्षकहरुलाई पनि नियुक्ति पत्र दिनु पर्ने हिस्टानका सदस्यहरुको ब्याक्तिगत मागहरु पनि आईरहेकोले उहाँहरुको मागमा अरुनै स्वार्थ लुकेको आशंका गरे । जायज कुराहरु लागु गर्न कुनै समस्या नभएको र सोही र्निदेशिका अनुसार काम भैरहेको उनको भनाई छ ।
