
बिग न्युज ।यतिबेला सामाजिक सञ्जालमा चर्चाको शिखरमा उक्लदै गरेको चलचित्र हो कालो पोथी । यसको ट्रेलरबाटै दर्शकहरु फिल्म हेर्न आतुर छन् । र यही फिल्मले एक अन्तराष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्ममा आफ्नो नाम लेखाएको छ।
निर्देशक मिन बहादुर भामको कालो पोथी ले भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको हो । यो सँगै नेपाली चलचित्र पनि अन्तराष्ट्रिय चलचित्रहरुसँग प्रतिस्पर्धा गर्न सक्षम हुन सक्छन् भन्ने प्रमाणीत भएको छ।

अवार्ड जिते सँगै निर्देशक भामले यो आफ्नो भन्दा पनि सम्पुर्ण नेपालीहरुको जित भएको बताएका छन् । साथै उनले देशमा जारी राजनैतिक अस्थिरताको अन्त्य र शान्तिको लागी कामना समेत गरे ।
कमेन्ट गर्नुहोस्
