
एजेन्सी जुबा, भदो ३१ / दक्षिण सुडानमा पेट्रोलियम पदार्थ बोकेको ट्याङकर दुर्घटना हुँदा कम्तीमा ८५ जनाको मृत्यु भएको छ।
राजधानी जुबाबाट पश्चिममा रहेको इक्वेटोरिया तर्फ पेट्रोलियम पदार्थ बोकेर गइरहेको ट्याङ्कर बिहीबार बिष्फोट भएको हो। ‘८५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले पुष्टी गरेका छन्,’ राष्ट्रपतिका प्रवक्ता एटनी वेक एटनीले भने, ‘अरु ५० जना गम्भीर घाइते भएका छन्।’
दक्षिण सुडानमा यसअघि पनि यसप्रकारका घटना हुने गरेका छन्।
कमेन्ट गर्नुहोस्
