किस्ताबन्दीमा बाइक किन्दै हुनुहुन्छ ? यस्तो छ ब्याजदर

Share:

 काठमाडौं / मंगलबारदेखि सुरु भएको नाडा अटो सोमा राखिएका विभिन्न कम्पनीका मोटरसाइकल किस्ताबन्दीमा खरिद गर्दा लाग्ने ब्याजदर फरक फरक देखिएको छ। विभिन्न मोटरसाइलकोे खरिदमा तिर्नुपर्ने अनिबार्य रकम समेत फरक फरक राखिएको छ।

एकै कम्पनीले पनि मोटरसाइकलको सिसि अनुसार तिर्नुपर्ने अनिबार्य रकम र यसको व्याजदर समेत फरक फरक तोकेको पाइन्छ। केटिएम बाइकको लागि नेपालका लागि आधिकारीक विक्रेता हुलास इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडले केटिएम २०० आरसी, केटिएम ३९० आरसी, केटिएम २०० र केटिएम ३९० मा कुल मूल्यको ४० प्रतिशत रकम खरिदको क्रममा अनिवार्य तिर्नुुपर्ने हुन्छ। साथै यसको किस्ताबन्दीमा १५ प्रतिशत ब्याजदर तोकिएको केटिएम मोटरसाइकलको सिनियर सेल्स अफिसर संगिता शाहले बताइन्।

केटिएम २०० आरसीको मूल्य ५ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ। जसमा २ लाख ७ हजार ९ सय ६० रुपैयाँ अनिबार्य भुक्तान गर्नुपर्दछ। त्यस्तै एक वर्षको बिमाको प्रिमियम ११ हजार ९ सय ३६ रुपैयाँ पर्न आउँछ। किस्ताबन्दीमा मोटरसाइकल खरिदगर्दा सुरुमा कुल तिर्नुपर्ने रकम २ लाख १९ हजार ८ सय ९६ रुपैयाँ रहेको छ। बाँकि ३ लाख ११ हजार ९ सय ४० रुपैयाँ भने किस्ताबन्दीमा तिर्नुपर्दछ।

त्यस्तै ५० प्रतिशत अनिवार्य रकम तिर्नुपर्ने स्कीममा भने केटिएम २०० आरसीलाई किस्ताबन्दीमा खरिद गर्दा १४ प्रतिशत ब्याजदर कायम गरिएको छ। एक वर्षको बिमा प्रिमियम सहित सुरुमा २ लाख ७१ हजार ८ सइ ८६ रुपैयाँ तिर्नुपर्दछ। बाँकि २ लाख ५९ हजार ९ सय ५० रुपैया भने किस्ताबन्दीमा तिर्नुपर्दछ।

त्यस्तै यामाहाको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालीका अनुसार एफजेड एसएफआई, एफजेडएफआई, रे जेड फो, फार्सिनो, एसजेडआरआर कोर,स्यालुटो र अल्फा मोटरसाइकल किस्ताबन्दीमा खरिद गर्दा ४० प्रतिशत रकम अनिबार्य तिर्नुपर्दछ।
साथै किस्ताबन्दीमा खरिद गर्दा ब्याजदर भने १५ प्रतिशत कायम गरिएको छ। यसको अवधि २ वर्षको हुने सिनियर सेल्स अफिसर अनुज खड्कीले जानकारी दिए। तर यामाहाको आर वानफाइभ मोटरसाइकल खरिद गर्दा भने अनिवार्य ५० प्रतिशत रकम भुक्तान गर्नुपर्दछ भने यसको ब्याजदर पनि १५ प्रतिशत कायम गरिएको छ।

बजाजको उत्पादनहरु पल्सर, डिस्कोभर र प्लाटीना किस्ताबन्दीमा खरिद गर्दा मोटरसाइकलको कुल मूल्यको ४० प्रतिशत रकम अनिबार्य रुपमा भुक्तान गर्नुपर्दछ। जसमा १५ प्रतिशत ब्याजदर तोकिएको छ भने ५० प्रतिशत रकम अनिबार्य भुक्तान गर्नुपर्ने योजनामा १४ प्रतिशत ब्याजदर कायम गरिएको छ।

बजाजको आधिकारिक विक्रेता हसंराज हुलासचन्द्र एण्ड कम्पनी प्राली टेकुकोे सेल्स एडभाइजर भुपेन्द्र खत्रीका अनुसार कुल मूल्यको २० प्रतिशत रकम भुक्तान गरेर पनि मोटरसाइकल खरिद गर्न सकिन्छ। तर यो सिमित मानिसहरुका लागि मात्र उपलब्ध छ।

यो स्कीम सरकारी जागीरमा आवद्ध डाक्टर, इन्जीनियर र चार्टड एकाउनन्टेन्टलाई मात्रै लागू हुने खत्रीले बताए। त्यस्तै सुजुकीको मोटरसाइकल खरिद गर्दा भने २० प्रतिशत मात्रै रकम अनिबार्य रुपमा भुक्तान गर्नुपर्दछ। जसमा १५ प्रतिशत ब्याजदर कायम गरिएको छ। सुजुकीले नाडा अटो शोमा १ लाख ६४ हजार रुपैयाँदेखि २ लाख ७६ हजार रुपैयाँ सम्मका मोटरसाइकलहरु प्रदर्शनमा राखिएका छन्।

टिभिएसको आधिकारीक बिक्रेता जगदम्बा अटो प्रालिका अनुसार यस कम्पनीका मोटरसाइकलको खरिदमा ४० प्रतिशत रकम अनिबार्य रकम तिर्नुपर्दछ। जसमा १५ प्रतिशत ब्याजदर कायम गरिएको छ भने अवधि २ वर्ष तोकिएको छ।

टिभिएसका मोटरसाइकल र स्कुटरको खरिदमा १५ प्रतिशत ब्याजदर कायम गरिएको टिभिएसको टेकु सोरुमका प्रवास पोखरेलले जानकारी दिए। हिरो कम्पनीको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङका अनुसार १ सय २५ सिसि सम्मका मोटरसाइकलको खरिदमा ४० प्रतिशत रकम अनिबार्य भुक्तान गर्नुपर्दछ।

१ सय २५ सिसि भन्दा माथिका मोटरसाइकल खरिद गर्नेले भने ५० प्रतिशत रकम अनिबार्य भुक्तान गर्नुपर्दछ। ४० प्रतिशतको स्कीममा १३ प्रतिशत ब्याजदर कायम गरिएको छ भने ५० प्रतिशत रकम अनिबार्य भुक्तान गर्नुपर्ने योजनामा ११ प्रतिशत ब्याजदर कायम गरिएको नेपाल जनरल मार्केटिङको मिडिया कोर्डिनेटर शितल दाहालले जानकारी दिइन।

के के कागजात चाहिन्छ किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न

आवेदन
नागरिकता
दुईवटा फोटो
दुईपाङ्ग्रेको लाइसेन्स
आयस्रोतको कागजात
रेसीडेन्स प्रुफ डकुमेन्ट
उपत्यका बाहिरको भएमा भने थप यी कागजात चाहिन्छ।
जमानीकर्ता
जमानीकर्ताको नागरिकता
फोटो
रेसिडेन्स प्रुफ डकुमेन्ट

सुदिल पोखरेल/setopati.com

कमेन्ट गर्नुहोस्
Share: