
असोज ३ गते-
कास्कीमा बन्द गराउँदै हिँड्ने ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको लेखनाथमा बन्द गराउँदै हिँडेको अवस्थामा लेखनाथको पावरहाउस नजिकैबाट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष आश बहादुर गुरुङ्ग सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, पोखराको अमरसिंहचोकमा पनि बन्द गराउँदै हिँड्ने ७ जनालाई प्रहरीले बिहानै पक्राउ गरेको छ । महेन्द्रपुलबाट १२ जना, दिउँसो लेखनाथबाट ५ जना र बुद्धचोकबाट २ जना पक्राउ परेका छन् ।
आज विप्लव माओवादीले नयाँ जारी हुने संविधानको विरोध गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव पोखरामा समेत परेको छ । पोखरामा बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् भने बजार र पसल पनि बन्द छन् ।
विप्लव माओवादीको बन्दलाई तमुवान संयुक्त संघर्ष समितिले पनि समर्थन गरेको छ । सडकमा विप्लव माओवादी सँगै समितिका कार्यकर्ता समेत झण्डासहित देखिएका छन् ।
