पोखरामा गरियो बन्दको बिरोध , अब ३६५ दिननै पसल खुल्छः थापा

Share:

पोखरा,असोज ४। माधब पनेरु । पटक–पटको बन्दले ब्यबशाय तथा जनजिवनमा असर परेको भन्दै पोखरा उद्योग बाणिज्य संघको आयोजनामा बन्दको बिरोध गर्दे प्रर्दशन गरिएको छ ।
पोखरा उद्योग बाणिज्य संघको कार्यालय गैहपाटनबाट सुरु भएको हजारौको ¥याली पोखराको बिभिन्न स्थानका परिक्रमा गरि पुनः सोही स्थानमा आएर समापन भएको थियो ।
समापन समारोहमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दुकुुमार थापाले संबिधान जारी भैसकेको अबस्थामा अक कुनै पनि बाहानामा बन्द हडताल र चक्काजा गर्न नहुने बताए । अबको ऐजेण्डा आर्थिक क्रान्तिको हुनु पर्ने भएकोले देशको आर्थिक संबृद्धिको लागि बन्द लाई सधैको लागि बन्द गर्नु पर्ने उनको भनाई थियो । अब पोखरा बर्षमा ३६५ दिनने खुला रहने उनले उदघोष गरे । नयाँ संबिधानपछि मुलुकले आर्थिक फड्को मार्ने उनको भनाई थियो । शनिबार पनि पसल बन्द नगर्ने थापाले बताए । अब कुनै पनि ब्यबशाय बन्द हुदैन , उनले भने ।
तमुवान संघर्ष समितिले आयोजना गरेको बन्दका बावजुत पनि पोखरामा  -यालि निकालिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: