
हलिउड फिल्म ‘हाईवे टु धम्पुस’ले नेपालमा यूनिभर्सल सर्टिफिकेट पाएको छ । फिल्मको नेपाल वितरण कम्पनी आईसफल प्रोडक्शनले सर्टिफिकेटको बारेमा पुष्टी गरेको हो ।
पोखरा नजिकैको पर्यटकिय गाऊँ धम्पुसको बारेमा निर्माण भएको हलिउड फिल्म हेरिसकेपछि सेन्सर बोर्डका सदस्यहरु पनि खुशि भएका थिए । ‘नेपालको पर्यटनलाई यो फिल्मले उजागर गर्छ । साह«ै राम्रो फिल्म बनेको रहेछ ।’ सेन्सरमा फिल्म हेरिसकेपछि सेन्सर बोर्डका सदस्यहरुले यस्तो प्रतिक्रिया दिए ।
नेपाल वितरण कम्पनी आईसफल प्रोडक्शनका रामकृष्ण पोखरेलले पनि फिल्म निकै राम्रो भएकोले नेपालमा यसको व्यापार राम्रो हुने आँकलन गरे । उनले भने–‘नेपालको पर्यटकिय संभावना विश्वव्यापी बनाउन यो फिल्मले मद्दत गर्छ । त्यसैले यो फिल्मले नेपाली दर्शकको साथ पाउनेछ भन्नेमा म विश्वस्त छु ।’
राजवल्लभ कोईरालासहित केहि नेपाली कलाकारको समेत मुख्य अभिनय रहेको फिल्म शुक्रबारदेखि नेपालभर चल्दैछ । काठमाण्डौ र देशका मुख्य शहरका हलहरुमा लाग्ने फिल्मलाई रिक मक्फरल्याण्डले निर्देशन गरेका हुन् ।
