ली–बर्डको २१ औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न

Share:

रञ्जन अधिकारी पोखरा, १० असोज / जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराले आईतबार २१साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । जैविक विविधता, स्थानीय खेतीबालीको प्रबद्र्धन, कृषि तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा क्रियाशील गैरसरकारी संस्था ली बर्डले सो अवसरमा वर्षभर गरेका कार्यक्रम तथा संचालित परियोजनाबारे जानकारी गराएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले समुदाय स्तरमै पुगेर जैविक विविधता, उत्पादन वृद्धि, कृषिलाई आधुनिक बनाउने सवालमा लिबर्डले खेलेको भूमिकाको प्रशंसा गरे । उनले कृषि प्रधान देश भनिएपनि कृषकप्रधान मात्र हुन सकेको भन्दै कृषिमा सुधारसँगै व्यवसायिककरण, कृषकको क्षमता विस्तार, बजारीकरणमा पनि ध्यान दिन आवश्यक भईसकेको उल्लेख गरे । खाद्यवस्तु नै ठूलो मात्रामा आयात गर्नुपर्दा मुलुकको आर्थिक भार बढेको उल्लेख गर्दै उनले मल, बिउको उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा लीबर्डले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै वर्ष कर्मचारी पुरस्कारबाट कार्यकारी निर्देशक डा. बलराम थापालाई कदरपत्र सहित सम्मान गरेको थियो । सो अवसरमा सहजकर्ता शारदाप्रसाद न्यौपानेले आचारसंहिता निर्माण, अनुमोदन तथा लेखाजोखासम्बन्धी जानकारी, लीबर्डका उपाध्यक्ष डा. दीपक रिजाल र कार्यक्रम विकास उपनिर्देशक केशव थापाले गत सालको सामाजिक परीक्षणमा प्राप्त पृष्ठपोषणका आधारमा संस्थाले चालेका कदमहरुका बारेमा कार्यपत्र प्रस्तु गरेका थिए ।

यस्तै, कार्यकारी निर्देशक डा. बलराम थापाले संस्थागत परिचय, एवं सुशासनका विषयमा प्रस्तुति राखेका थिए । कार्यक्रम तथा परियोजना शीर्षकमा विकास निर्देशक डा. पशुपति चौधरीले विकासका लागि भएका पहलहरु तथा सञ्चालन निर्देशक डा. रामबहादुर रानालो कार्यक्रम सञ्चालन तथडा साझेदारका विषयमा जानकारी गराए । यस्तै, कार्यक्रम संयोजक रोशन पुडासैनी र वरिष्ठ कार्यक्रम व्यवस्थापक भरत भण्डारीले सफलताका कथा तथा असल अभ्यासहरुबारेमा प्रस्तुति दिए । लीबर्डका संस्थापक तथा पूर्व अध्यक्ष भुवनरत्न स्थापितले संस्थाका बारेमा जानकारी गराएका थिए ।

सहभागीहरुले प्रस्तुतिहरुमाथि छलफल गर्दै संस्थालाई सुझाव दिएका थिए । गैरसरकारी संस्थाहरु नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने, तालतलैया तथा भु संरक्षणमा समेत लीबर्डको साझेदारी थप आवश्यक रहेको, पश्चिमाञ्चलमा अझै केन्द्रित हुनुपर्ने लगायतका सुझाव विभिन्न क्षेत्रबाट सहभागी भएकाहरुले दिएका थिए । कार्यक्रमको संचालन लक्ष्मी गुरुङ र पिताम्बर श्रेष्ठले गरेका थिए ।

कास्की जिल्लामा एनजिओका रुपमा स्थापना भएको लिबर्डले हाल दक्षिण एशिया, अफ्रिका तथा मध्ये अमेरिकी देशहरुमा विभिन्न परियोजना सञ्चालनका साथै विभिन्न ४१ जिल्लाहरुमा जैविक विविधता व्यवस्थापनका लागि प्रजाति संरक्षण कार्यक्रमका साथै सरकारी निकायसँग मिलेर बालीहरुको अनुसन्धान तथा बाली सुधारका पद्धति, घर बगैंचा एकीकृत व्यवस्थापन लगायतका ४१ ओटा परियोजना संचालन गरेको जनाएको छ । उसले हरियो बन कार्यक्रम, जलाधारको एकिकृत व्यवस्थापन, विपन्न समुदायको जिविकोपार्जनमा सुधारका क्षेत्रमा पनि काम गरेको बताएको छ ।

विनाशकारी भुकम्पपछि प्रभावित १२ जिल्लाका ४० गाविस र एक नगरपालिका गरी साढे १५ हजार घरधुरी लाभान्वित हुने गरी विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्थाको सहकार्यमा तीन करोड सहयोग वितरणका साथै कृषक पुनर्निमाण कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ । लीबर्डलाई गत आर्थिक वर्षमा उत्कृष्ट गैरसकारी संस्थाका रुपमा केहि महिना अघि जिल्ला विकास समिति कास्कीले सम्मान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: