एएफसी यू-१९ छनोटका लागि नेपाली टोलीको घोषणा

Share:

११ असोज, काठमाडौं । आसन्न एएफसी यू-१९ छनोट फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

साफ च्याम्पियनसिपको विजेता टोलीमा दुई सदस्य मात्र परिर्वतन गरिएको छ । डिफेण्डर आकास थापा र गौरव बुढाथोकी टीमबाट बाहिरिएका छन् भने सिद्धान्त रन्जित र रामचन्द्र ओझा टीममा परेका छन् ।

दुई अक्टोबरबाट सुरु हुने प्रतियोगितामा नेपाल आयोजक इरानसँगै जोर्डन र कुवेतसहितको समूहमा छ । नेपाली टोली बुधबार इरान प्रस्थान गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
Share: