
पोखरा १४ असोज /भारतले लगाएको नाकाबन्दीको कारण पोखराको बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । अभाबपछि वितरणमा सहज बनाउन जिल्ला प्रशासन कार्यालयले मुख्य अत्यावश्यक सवारीलाई मात्रै पेट्रोलियम पदार्थ दिने निर्णय गरेको छ । कास्की प्रशासनले अत्यावश्यक पेट्रोलियम पदार्थ बितरणको लागि पोखरा चार पेट्रोलपम्पलाई तोकेको छ भने अत्यावश्यक सेवाको लागि दिईने तेल बितरणको मात्रा पनि तोकेको छ ।
अत्यावश्यक सेवाको लागि शसस्त्र प्रहरीले सञ्चालन गरेको कालिका पेट्रोलपम्प मालेपाटन, नेशनल ट्रेडिङको पेट्रोलपम्म पृथ्बीचोक, रानीपौवा आयल स्टोर्स रानीपौवा र पश्चिमाञ्चल आयल स्टोर्स लेखनाथबाट पेट्रोलियम पदार्थ बितरणको ब्यबस्था मिलाएको कास्की साहेक प्रमुख जिल्ला अधिकारी द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
तोकिएको पेट्रोलपम्पबाट सुरक्षा निकायका सवारीलाई आवश्यकता अनुसार, अस्पताल र सञ्चारगृह सञ्चालनको लागि तीन दिनलाई आवश्यक पर्ने , दुध बोक्ने ट्यांकरको लागि ४० लिटर, फोहोर बोक्ने गाडीलाई ३० लिटर, एम्वुलेन्स , शब वाहनलाई एक पटकमा २० लिटर, नगर क्षेत्रभित्रका दुध, पानी बोक्ने साना गाडीलाई २० लिटर तथा दमकलको लागि आवश्यकता अनुसार तेल उलपब्ध गराउने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रशासनले बुधबार देखि नै नीजि तथा भाडाका सवारी साधनलाई तेल दिन रोक लगाएको छ । जसले गर्दा विहिबार पोखरमा सार्वजनीक यातायात कम चल्लने देखिउको छ ।

