साँगीतिक प्रस्तुतीका लागि विग एफएमका अध्यक्षसहित चौथो विग आईकन मुस्कान रानाभाट बेलायत प्रस्थान

Share:

विग न्यूज 

पोखरा, १५ असोज | चौथो विग आईकन मुस्कान रानाभाट बेलायतको साँगीतिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् । विग एफएमका अध्यक्ष महेश भण्डारीसहित उनी बेलायत पुगेकी हुन् । रानाभाट र भण्डारी बेलायतमा १० दिनसम्म रहनेछन् ।

विग आईकन मुस्कान रानाभाटसँगै विग एफएमका अध्यक्ष महेश भण्डारीको बेलायत यात्राको सम्पूर्ण व्यवस्थापन दि ब्रिटिश कलेज थापाथली काठमाण्डौले लिएको छ । लण्डनमा प्रकाशित हुने नेपाली भाषाको पत्रिका यूरोपको नेपालीपत्रले उनीहरुलाई निम्तो दिएको हो ।

बेलायत प्रस्थान गर्दै गर्दा चौथो विग आईकन मुस्कान रानाभाटले आफु निकै खुशि भएको प्रतिक्रिया दिईन् । ‘विग आईकनकै कारणले मैले यो अवसर पाएकी हुँ ।’ उनले भनिन्–‘यो मेरो लागि निकै खुशिको कुरा हो ।’ उनले विग आईकनलाई नेपालमा हुने गरेका गायन रियालिटि शोहरुको दाँजोमा सबैभन्दा उत्कृष्ट भएको बताईन् । ‘गायन प्रतिभाहरुको लागि विग आईकन नेपालकै सबैभन्दा उत्कृष्ट मञ्च हो ।’ उनले भनिन् ।

त्यस्तै विग एफएमका अध्यक्ष महेश भण्डारीले विग एफएमले गर्दै आएको वृहत गायन रियालिटि शो ‘विग आईकन’ले अन्तराष्ट्रिय उचाँई प्राप्त गरेको बताए । ‘विग आईकनले बेलायतमा साँगीतिक भ्रमण गर्नु भनेको विग एफएमका लागि निकै खुशिको क्षण हो ।’ उनले भने ।

chamling- nischal rai

रानाभाट र भण्डारीलाई विदाई गर्नका लागि अन्तराष्ट्रिय विमानस्थलसम्म विग आईकनको म्यागेजिन पार्टनर यश म्यागेजिनका अध्यक्ष कसमार थपलिया, मुस्कानका बुवा महेश रानाभाट, विग एफएमका सल्लाहकार एवं लेखक राजन गोदार, दि ब्रिटिश कलेजका प्रतिनीधि लगाएत पुगेका थिए ।

दि ब्रिटिश कलेज थापाथली काठमाण्डौका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले विग आईकन नेपालकै राम्रो ईभेन्ट भएको र यसको अन्तराष्ट्रिय चिनारी बढाउन आफुहरुले यस्तो अवसर जुराईदिएको बताए ।

१० दिने बेलायत बँसाईको क्रममा मुस्कानले त्यहाँको विभिन्न मिडियाहरुमा अन्तरवार्ताको दिनेछिन् । त्यो सँगै उनले त्यहाँको नेपाली समुदायमाझ साँगीतिक प्रस्तुती पनि दिनेछिन् । लन्डनको एल्थामा रहेको याक एण्ड यति र अल्डरसटको निरमायाँ रोधी घरमा उनको विशेष प्रस्तुती रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: