
पोखरा, १८ असोज | दुर्घटनामा परेर घाईते भएकी एक मंगोलियन अनुहार बृद्धाको पहिचान खुल्न सकेको छैन । असोज १५ गते पोखराको पृथ्वीचोकमा सवारी दुर्घटनामा परेकी करिब ६५ वर्षे वृद्धाको अवस्था वेबारिसे भएको प्रहरीले जनाएको छ ।
उनको बारेमा केहि खुल्न सकेको छैन भने उनका आफन्तहरु कसैले पनि अहिलेसम्म अस्पतालमा सम्पर्क गरेका छैनन् । वृद्धाको यतिबेला पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती बृद्धा महिला होचो कदकी छिन् । गहुँगोरो वर्णकी उनले सुनको जलप लगाएको माडवारी र घाँटीमा कालो माला लगाएकी छन् । ‘हेलो किटी’ लेखिएको सेता टिसर्ट लगाएकी वृद्धा महिलाले रातो, हरियो, कालो बुट्टा भएको लुंगी लगाएकी छन् ।
प्रहरीले ती वेवारिसे वृद्धा महिलाको फोटो सार्वजनिक गर्दै उनलाई चिन्ने आफन्तहरुलाई तुरुन्त सम्पर्कमा आउन आह्वान समेत गरेको छ ।
