
काठमाडौं, असोज १८ – राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्गी क्लव विजयी भएको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई हराउँदै मनाङले महत्वपुर्ण ३ अंक बटुलेको हो ।
मनाङ्गलाई जिताउन खेलको इन्जुरी समयमा रुपेश केसीले गोल गरे । जितपछि मनाङ्गले १२ खेलबाट २२ अंक बनाएको छ भने १२ खेलबाट एपिएफको २० अंक मात्र छ । जितपछि मनाङ्गको उपाधि होडमा कायमै छ भने एपिएफको उपाधि यात्रा अलि कठिन भएको छ ।
कमेन्ट गर्नुहोस्
