प्लेन उडाइरहेका पाइलटको निधन भएपछि…

Share:

अमेरिका: अमेरिकाको फिनिक्सबाट बोस्टन गइरहेको अमेरिकन एयरलाइन्सको जहाजका पाइलटको ककपिटभित्रै निधन भएको छ । ११४ यात्रु र पाँचजना चालक दलका सदस्यहरेको यो प्लेन उडाइरहेका पाइलटको मृत्यु भएपछि को-पाइलटले प्लेनलार्इ सफलतापूर्वक अाकष्मिक अवतरण गराउन सफल भएका छन् । 

सोमबार भएको यो घटनामा बेहोस भएका पाइलटलार्इ स्टिवार्डले बचाउने कोशिस गरेपनि सफल हुन सकेनन् । अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ५५० फिनिक्सबाट बोस्टन गइरहेको थियो । यसक्रममा उडिरहेकै बेला प्लेन धेरै हल्लिएपछि यात्रुलार्इ प्लेनमा केही गडबड भएको पत्ता लागेको थियो । शुरूमा प्लेन धेरै नै हल्लिएको थियो । त्यसपछि तीब्र गतिमा प्लेन जमिनतर्फ झरेको थियो । त्यसपछि तत्कालै को-पाइलटले प्लेनका पाइलटको स्वास्थ्य अवस्था खराब भएको जानकारी यात्रुलार्इ गराएका थिए ।

को-पाइलटले तत्कालै कन्ट्रोल रूमलार्इ घटनाबारे जानकारी दिएर इमरजेन्सी अवतरणको अनुमति मागे । अनुमति मिलेपछि जहाजलार्इ तत्कालै सायराकस एयरपोर्टमा अवतरण गराइयो । अमेरिकन एयरलाइन्सले पाइलटको मृत्युको कारण खुल्न नसकेको जनाएको छ । उनको विमारीबारे पत्ता लगाउन एयरलाइन्सले उनका परिवारसँग सहयोग लिइरहेको छ।

एयरलाइन्सले मृत्यु भएका पाइलटको नाम पनि खुलाएको छैन । पाइलटको मृत्यु भएपछि अाकष्मिक अवतरण गराइएपछि एयरलाइन्सले अर्का पाइलट बोलाएर जहाजलार्इ बोस्टनसम्म पुर्याएको छ ।

‘बोस्टन जाने क्रममा हाम्रा पाइलटको मृत्यु भएको छ’, जहाजमा बोस्टन गइरहेका एक यात्रुले ट्वीट गर्दै भनेका छन्, ‘जिन्दगी धेरै छोटो छ, ‘त्यसैले अाफूले गर्न चाहेको जति गरि जानुस्, पछि फेरि पछुताउनु नपरोस ।’

कमेन्ट गर्नुहोस्
Share: