२१ असोज, कास्की ।
पोखरामा अल्ट्रालाइट वेपत्ता भएको छ । विहीबार विहान ११ बजे पोखरा विमानस्थलबाट उडेको अल्ट्रालाइट वेपत्ता भएको हो । सो अल्ट्रालाइट फ्लाइटमा एक पाइलट र एक पर्यटक थिए ।
विहीबार नै पोखराको फेवातालमा एक डुंगा चालक डुबेर वेपत्ता भएका छन् । पर्यटकलाई डुंगामा सयर गराइरहेका निसान लामा डुंगाबाट खसेर डुबेका हुन् । पर्यटकहरु सकुशल छन् । तालबाराही मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा उनी एक्कासी खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
फेवातालमा डुबेका लामाको प्रहरीले खोजी र उद्धारकार्य जारी राखेको छ ।
दुईजना सवार अल्ट्रालाइट पोखरामा वेपत्ता, फेवातालमा डुंगा चालक डुबे
२१ असोज, कास्की । पोखरामा अल्ट्रालाइट वेपत्ता भएको छ । विहीबार विहान ११ बजे पोखरा विमानस्थलबाट उडेको अल्ट्रालाइट वेपत्ता भएको हो । सो अल्ट्रालाइट फ्लाइटमा एक पाइलट र एक पर्यटक थिए ।