जोगवनी नाकाबाट धमाधम इन्धन भित्रदैँ२३ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल भित्रियो

Share:

असोज २२
विराटनगर स् विराटनगरको जोगवनी नाकाबाटै शुक्रबार विहानबाट भारतले इन्धनलाई प्राथमिकतामा राखेर मालबहाक सवारी साधन पठाउन थालेको छ ।

विहान सवा ११ बजेसम्म डिजेल र पेट्रोलका २७ ट्यांकर भित्रिएका छन् । २३ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

नौ वटा ग्यास बुलेट भित्रिएका छन् । बिहीबार एउटा मात्र ग्यास बुलेट पठाएर त्यसपछि इन्धन पठाउन रोक लगाएको भारतले शुक्रबार विहानदेखि भने इन्धनलाईनै प्राथमिकता दिइरहेको हो ।

विहानसम्म विराटगर भित्रिएका ४४ वटा गाडीमध्ये ३६ वटा इन्धनकै छन् । अन्य चारवटा गाडीमा औद्योगिक कच्चा पदार्थ र आलु रहेको विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतले बताए ।

बस्नेतका अनुसार भारतीय अधिकारीहरुसँग इन्धनमाको कडाइबारे गुनासो गरिएपछि शुक्रबार विहानैबाट भारतीयपक्षले इन्धनलाई प्राथमिकतामा राखेर मालबहाक सवारी साधन पठाएको हो ।

कमेन्ट गर्नुहोस्
Share: