
२४ असोज ।
नयाँ प्रधानमन्त्री चयनका लागि ब्यबस्थापिक संसदको बैठक सुरु भएको छ । बैठकले आज नयाँ प्रधानमन्त्री चयन हुनेछ । अहिले प्रधानमन्त्रीका उमेदवारहरुले बोल्ने क्रम सुरु भएको छ । उमेदवार के.पी शर्मा ओलीले संसदमा बोलिरहेका छन । यसैगरि डा बाबुराम भट्टराईले संसद् पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गोरखा क्षेत्र नम्बर १ बाट एकीकृत नेकपा माओवादीका तर्फबाट निर्वाचित डा भट्टराईको आज व्यवस्थापिका–संसद् सचिवालयमा राजीनामा पत्र स्वीकृत भएको हो ।
राजीनामा पत्र सभामुख सुवास नेम्वाङले आज स्वीकृत गरेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए ।
यही असोज ९ गते राजीनामा दिएको डा भट्टराईको राजीनामा आज स्वीकृत भएको हो । संसद् सचिवालयमा आफैं उपस्थित भएर डा भट्टराईले राजीनामा पत्र स्वीकृतिका लागि सनाखत गरेका थिए । उनको राजीनामा स्वीकृतसँगै सदनमा सांसदको सङ्ख्या ५९७ कायम भएको छ ।
सभामुख नेम्वाङले यसअघि नै राजिनामा स्वीकृत गर्न खोजे पनि एमाओवादी अध्यक्ष प्रचण्डले ‘आफूले भट्टराईको राजिनामा रोकिरहेको’ बताएका थिए ।
