
पोखरा २५ असोज /दशैलाई सहज बनाउन नेपाल आयल निगमले सार्वजनिक सवारीको लागी तेल बितरण शुरु गरेको छ । पोखरा र लेखनाथमा सोमवार सार्वजनिक सवारीलाई डिजेल बितरण गर्न लागिएको नेपाल आयल निगम गगनगौडा डिपोका प्रमुख मनोज ठाकुरले जानकारी दिए ।
सार्वजनिक सवारीलाई सम्बन्धित समितिको सिफारिसको आधारमा तोकिएको कुपन अनुसार डिजेल बितरण गरिने उनले जानकारी दिए । त्यसका लागि पोखरा र लेखनाथका ६ वटा पम्प निर्धारण गरिएको छ ।
पश्चिमाञ्चल ट्रेडर्स डाडाको नाक, शुभ जगदम्भा ट्रेडर्स डाडाको नाक, जुपिटर आयल स्टोर्स बिजयपुर, नमिता आयल स्टोर्स औद्योगिक क्षेत्र र पराजुली आयल स्टोर्स सिम्पानीबाट सोमवार सार्वजनीक यातायातलाई डिजेल बितरण गर्न लागिएको हो ।
त्यस्तै शसस्त्र प्रहरीको कालिका पेट्रोल पम्प मालेपाटनबाट अत्यावश्यक तेल बितरण भैरहेको छ । दशैमा यात्रु आवतजावतको लागि सहजता प्रदान गर्न लेखनाथको गगनगौडामा रहेको नेपाल आयल निगमको डिपोमा मौजाद डिजेल मध्ये एक टेङयाकर बितरण गर्न लागेको ठाकुरले जानकारी दिए । निजी सवारीलाई भने बितरण हुने उनले बताए ।
गगनगौडा डिपोमा मौजाद मध्ये दशैका लागी सार्वजनिक सवारीलाई एक लाख लिटर बितरण गर्ने लक्ष्य रहेको छ । पेट्रोल भने मंगलवार, बुधवार, विहिबार भित्र बाढ्ने लक्ष्य रहेको उनले जानकारी दिए । डिपोमा मौजाद मध्ये ३० देखि ४० हजार लिटर पेट्रोल बितरण गर्ने बताए । उनले पट्रोल कहिले बाढ्ने भन्ने बारेमा बैठकले निर्णय गर्न बाकि रहेको बताए ।
