रङ्गशालामा दशै महोत्सव जारी

Share:

पोखरा, २७ असोज।
सिटी रेवानको आयोजनामा पोखरामा शुरु भएको चौथो सिटी रेवान दशै महोत्सव तथा फुड फेष्टिबल बुधबार पनि जारी रहेको छ ।
असोज २२ देखि शुरु भएको महोत्सव कात्तिक २ गतेसम्म चल्ने छ। महोत्सव पाचौ दिनसम्म आइपुग्दा दर्शकको सहभागिता पनि बढ्दै गइरहेको महासचिव एवं प्रचार संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए।
महोत्सवमा महिला तथा बालबालिकाको सहभागिता बढि देखिएको छ। महोत्सवमा सांस्कृतिक कार्यक्रम र बाल उद्यान मुख्य आकर्षण बन्ने गरेका छन्।
महोत्सवमा भएको एकल महिला नृत्य प्रतियोगिता, रत्यौली गित प्रतियोगिता, रेवान तारा बाल नृत्य प्रतियोगितालाई दर्शकले निकै रुचाएका छन्। ती प्रतियोगिताहरु बुधबार पनि जारी रहे।
महोत्सवमा बुधबार कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, शिव हमाल, शंकर विरही, राजन कार्की, शिवहरि ढुङ्गाना, चोलेन्द्र पौडेल, जीवन दाहाल, चन्द्रा कार्की, कुसुम क्षत्री र दिपक थापा लगायतको साङगितिक प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।
पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा धेरैभन्दा धेरैको सहभागिता रहने अपेक्षा गरेका छौ सिटी रेवानका अध्यक्ष के.पी शर्माले भने –’सवैको सहभागिताले नै महोत्सव सफल बन्ने छ।’
महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ८८ हजार खर्च लाग्ने र ४१ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ।
महोत्सवमा व्यवसाय, रेष्टुरेण्ट, सामाजिक सङ्घ÷संस्था, सुुरक्षा, स्वास्थ्यका स्टलहरु रहेका छन्।

 

कमेन्ट गर्नुहोस्
Share: