छैटौं बिग आइकनमा होटल बाराही लेकसाइडको सहकार्य

Share:

बिग न्युज, असोज २९ । चर्चित गायन रियालिटि शो ‘बिग आईकन’को छैटौँ संस्करणमा होटल पार्टनरको रुपमा यो वर्ष पनि होटल बाराही लेकसाइड आबद्ध भएको छ । बिग आइकनमा यस होटल पाँचौ पटक आबद्ध भएको हो ।

बुधबार लेकसाइड स्थित होटल बाराहीमा बिग एफएमका मार्केटीङ म्यानेजर कमल बराल र होटल बाराहीका एक्जिक्युटीभ म्यानेजर राज कुमार केसी बिच सहमती भएको हो । पश्चिमाञ्चलकै नम्बर एक एफएम बिग एफएम १०१.२ को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको बिग आईकनमा समान लक्षित वर्ग भएकाले पनि यी दुई संस्था सहयात्रा गर्न ईच्छुक भएको बताएका छन् ।

बिग आइकनको बढ्दो लोकप्रियता र नयाँ प्रतिभाहरुलाई मञ्च प्रदान गर्ने सामाजिक उत्तरदायित्वको भावना महशुस गरेर नै बिग एफ एम सँगको सहकार्यलाई यसरी प्रत्येक वर्ष निरन्तरता दिइएको होटल बराहीका एक्जिक्युटीभ म्यानेजर राज कुमार केसीले बताए । आगामी संस्करणमा पनि यो निरन्तरता रहीरहने उनको भनाई थियो ।

छैटौं संस्करणको बिग आईकनमा टाईटल सहित विभिन्न स्पोन्सर आबद्ध भईसकेका छन् । सामसुङ मोबाईलले लगातार चौथो पटक टाईटल स्पोन्सर गरेपछि यो वर्ष ‘छैटौं सामसुङ मोबाईल बिग आईकन २०१५’ शीर्षकमा कार्यक्रम चल्नेछ । यस्तै, सबटाईटल स्पोन्सरमा फेरि पनि कान्साई नेरोल्याक पेन्ट्स नेपालले सहकार्य गरेको छ । प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथलीले सहकार्य गर्दा को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी जोडिएको छ । टेलिभिजन पार्टनरमा एभिन्युज टेलिभिजन रहेको छ । यतिबेला गायन रियालिटि शो बिग आईकनको लागि आवेदन फाराम खुल्ला छ । गायन प्रतिभाहरुका लागि आवेदन फाराम निःशुल्क भर्ने व्यवस्था गरिएको एफएमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: