प्याराग्लाईडिङ दुर्घटनामा घाईते युवकको मृत्यु

506
0
Share:

रञ्जन अधिकारी पोखरा, २१ कार्तिक / पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । पोखरा २६ सराङकोटबाट प्याराग्लाईडिङ उडाउने क्रममा फेवातालमा खसेर २६ वर्षीय सुनिल भट्टराई घाईते भएका थिए ।

काठमाण्डौं महानगरपालिका ८ घर भएका भट्टराई पोखरा ५ मालेपाटन बस्दै आएका थिए । दिउँसो २ बजे प्याराग्लाईडिङ उडाएका उनी पोखरा लेकसाईड स्थित वाटर फण्ट होटल पछाडी फेवातालमा खस्न पुगेका थिए । तत्काल उद्धारका लागि पुगेको प्रहरी टोलीले गम्भीर घाईते अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालकय कास्कीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले बताए ।

घाईते भट्टराईलाई पोखराको चरक मेमोरियल अस्पतालमा प्रारम्भिक उपचार पछि मणिपाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा पौन तीन बजेको उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: