
पोखरा, मंसीर ५,माधब पनेरु ,
ईन्धन तथा ग्यासको चरम अभाव र कालोबजारी भैरहेको बेलामा पोखरामा भने ४५० वटा शक्ति ग्यासका भरीएका सिलिण्डर एकाएक गायव भएका छन । प्रसासनिक निकाय र पहुँचमा भएकाहरुले नै कालोबजारी गरीरहेको न्युजहरु आईरहेको अबस्थामा भारी परिमाणमा सिलिण्डर एकाएक गायव भएको छ । उपभोक्तालाई सार्वजनिक सुचना जारी गरेर ग्यास बितरण गरिने आपुर्ति समितिको र्निणर्य विपरीत ग्यास सिलिण्डर गायव भएपछि उपभोत्ता मंच कास्कीका अध्यक्ष कपिलमान कोईरालाले जानकारी दिए ।
आपुर्ति समितिमा छलफल गरेर सार्वजनिक सुचना जारी गरी ग्यास बितरण गर्ने भनिएपनि आफुहरुलाई जानकारी नै नदिई ४५० सिलिण्डर गायव बनाएको भन्दै अध्यक्ष कोईरालाले आक्रोश पोखेका छन । यस्ता अभावको उत्कर्षमा रहेको बेला उपभोक्ता ग्यासको लागि तडपिरहेको अबस्थामा सिलिण्डर गायव बनाएर के गर्न खोजिएको थाहा नभएको भन्दै उनले जनता झुक्याउने खेल भएको बताए । ग्यास गायव पारिएपछि आफुले कास्कीका प्रमुख जिल्ला अधिकारी, ग्यास बिक्रेता महासंघलाई फोन गर्दा रेस्पोन्स नपाएको उनले बताए । पोखरामा बितरणको तयारी गरिएका सिलिण्डर गायव भएपछि ग्यास बितरण हुने नहुने अन्योल भएको उनले बताए । आफुहरुले हराएका सिलिण्डरहरुकोे बिबरण खोजी बाहिर ल्याएरै छाड्ने कोईरालाले बताए ।
यस बिषयमा शक्ति ग्यास कम्पनीका महाप्रबन्धक मेघराज पौडेल संग जानकारी लिन खोज्दा सम्पर्क भएन । यतिबेला बजारमा ग्यासको चरम अभाव भएका कारण कालोबजारी बढीरहेको छ । सर्बसाधारण जनताले दाउरा समेत नपाउने अबस्था र्सिजना भएको छ । सबै कुराको अभावका बिचमा कालोबजारीयाहरु सक्रिय भएका छन ।
