आगो संग नखेल्न टर्कीको चेतावनी

Share:

मंसिर १२
रुससँग सबन्ध बिग्रदै गएपछि टर्कीले पनि रुसलाई आगोसँग नखेल्न चेतावनी दिएको छ । टर्कीका राष्ट्रपति रिसव टायिप एर्डोगानले रुसी विमान खसालेको विषयमा आगोसँग नखेल्न रुसलाई चेतावनी दिनुभएको हो ।
एक टेलिभिजन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपतिले विमान खसालेपछि बल्झिएको समस्या समाधानका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्न चाहेको बताउनुभएको छ । उहाँले फ्रान्सको पेरिसमा हुने जलवायू परिर्वतन सम्मेलनको अवसरमा रुसका राष्ट्रपतिसँग भेटेरै कुरा गर्ने इच्छा देखाउनु भएको हो । तर आफ्नो विमान खसालेको भन्दै टर्कीसँग रुष्ट बनेको रुसले भने वार्ता गर्ने छनक दिएको छैन । रुसले टर्कीसँगको भिसा फ्री ट्राभलको व्यवस्था समेत रद्द गर्ने निर्णय गरेको छ । टर्कीले बारम्बार आफ्नो वायू क्षेत्रमा रुसी विमान आएकाले आक्रमण गरेको दाबी गर्दै आएको छ भने यो कुरा मान्न रुस तयार छैन । रुसले योजनाबद्धढंगले आफ्नो विमान खसालेको आरोप लगाउँदै आएको छ । टर्कीले रुससँग सम्बन्ध बिग्रदै गएको प्रति चिन्ता व्यक्त गरेको छ । टर्कीले रुससँग सम्बन्ध बिग्रान नचाहेको पनि स्पष्ट पारेको छ । रुसले १ जनवरीदेखि टर्कीसँगको भिसा फ्री ट्राभल व्यवस्था पनि रद्द गर्ने भएको छ । गएको वर्ष रुसका ३० लाख भन्दा बढी नागरिकले टर्की भ्रमण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: