
पोखरा,१२ मंसिर, माधब पनेरु ,
नाकाबन्दीका कारण नेपाली बजारमा औषधीको चरम अभाव भएको छ । नेपालमा प्राय सबै जसो रोगको औषधी भारत बाट आयात हुने भएका कारण औषधीको अभाव हुन थालेको हो । सुत्केरी, मुटुरोगि , मधुमेह जस्ता नियमित औषधी सेवन गर्नेहरुका लागि समेत औषधीको अभाव हुन थालेपछि दिर्घरोगिहरुमा सन्त्रास फैलिएको छ । बजारमा अन्य बस्तु संगै बाच्नका लागि नभई नहुने औषधी समेत अभाव भएपनि सरकारले अहिले सम्म ठोस बिकल्पको प्रयोग गर्न सकेको छैन ।
नेपालमा पनि औषधीको उत्पादन हुने भएपनि चिकित्सकहरुले भारतिय औषधीहरुनै बिरामीलाई रिफर गर्ने गरेका छन । डाक्टर ले लेखिदिएको औषधीनै सेवन गर्नुपर्ने भएकाले पनि नेपाली औषधी हुदाहुदै पनि बिरामीहरुले भारतिय औषधी खोज्ने गर्दछन । एक त गभ्भिर प्रकारको बिरामी र अर्को त्यही र त्यस्तै प्रयोजनका लागि बनाईएको औषधी भएपनि कम्पनी फरक भएपछि बिरामीहरुले लान नमान्ने औषधी बिक्रेताहरुले बताएका छन ।काम एउटै गर्ने भएपनि डाक्टरले लेखिदिएको औषधीको नाम नै बिरामीलाई दिनुपर्ने बाद्यता छ, जसका कारण नेपाली औषधी चलाउन नसक्ने उनिहरुको भनाई छ ।
औषधी कम्पनीहरुले डाक्टरहरुलाई कमिसन दिएर आफ्नो ब्राण्ड र कम्पनीको औषधी रिफर गर्न लगाउछन । औषधीको गुणस्तर र त्यसले पार्ने प्रभावका कारण रिफर गरीने चिकित्सकहरुको दावि छ ।
त्यसैगरि सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग हुने औषधि अक्सिटोसिनको देशैभर अभाव देखिएको छ । यो औषधि सुत्केरी व्यथा लगाउन पनि प्रयोग हुन्छ । देशभर दैनिक करिब दुई हजार महिला सुत्केरी हुने गर्छन् ।
ती सबैलाई अक्सिटोसिन औषधि दिनैपर्ने हुन्छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखका अनुसार केही समयअघि राष्ट्रसंघीय नियोग युएनएफपिएले दिएको करिब १० हजार भाइल अक्सिटोसिन विभिन्न जिल्लामा वितरण भएको छ ।
