
पोखरा, मंसिर १३, भारतिय नाकाबन्दी बिरुद्ध र बजारमा भैरहेको कालोबजारी नियन्त्रणका लागि माओबादीले आयोजना गरेको नेपाल बन्दका क्रममा कास्की जिल्लाबाट २७ जना माओबादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तीपुणरुपमा चोकमा बसेर बन्द गर्न आग्रह गरिरहेको अबस्थामा प्रहरीले अमानविय शैलीमा नियन्त्रणमा लिएको माओबादी कार्यकर्ताहरुले हिरासत बाट जानकारी दिएका छन ।
प्रक्राउ पर्नेमा विप्लव माओबादीका कास्की जिल्ला सेक्रेटरी उभार लगायतका कार्यकर्ताहरु रहेका छन । माओबादी कार्यकर्ता सुजन बि.क,परिबर्तन,मिलन राई,केशव भुजेल,धन बहादुर बि.क,पुर्ण बहादुर राउत,रमेश श्रेष्ठ,गिरिधारी भण्डारी,शुक बहादुर परियार,कृष्ण सापकोटा,मनिस घिमिरे,अशोक भण्डारी,बिक्रम बि.क,अशिम गुरुङ्ख,प्रबल भण्डारी,चन्द्र बि.क,पुुरनसिंह परियार, रहेका छन ।
प्रहरीले गगनपोष्ट साप्ताहिकका पोखरा संबाददात बिजय अधिकारीलाई पनि समातेका छन ।आफु पत्रकार हो भन्दा भन्दैपनि प्रहरीले कुरै नसुनी नियन्त्रणमा लिएको पत्रकार अधिकारीले बताए । त्यसैगरि लेखनाथ बाट पनि ७ जना माओबादी कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोकुल पराजुली, काजिमान अधिकारी र प्राप्ती बि.क, भोजराज तिवारी, आदीसरा बि.क,दिब्य कला गुरुङ्,लक्ष्मी बि.क लाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका माओबादी कार्यकर्ताहरुलाई अञ्चल प्रहरी कार्यालयमा राखिएको छ ।
माओबादीले नेपालमा देखिएको मानविय संकट समाधानका लागि नेपाल सरकार तथा बिस्व समुदायको ध्यानाकर्षण गराउनको लागि नेपाल बन्दको आयोजना गरेको बताएको छ ।
बन्दका कारण बजारमा सवारीसाधन चलेका छैनन ।
शान्तीपुर्ण आन्दोलनमा प्रहरीले अनाबस्यक हस्तक्षेप गरि आफ्ना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर राज्यले आफ्नो हविगत देखाएको माओबादी तमुवान सेक्रेटरी आस्थाले बताईन । देशमा देखिएको संकट समाधान गर्न नसक्ने, सिमा क्षेत्रमा भएको गभ्भीर मानवअधिकार हननका घटनामा निरिह बनेको सरकार हामि माथि बहादुरी देखाएर आफ्नो सान बचाउन खोजेको भन्दै उनले अभिलम्व रिहा गर्न चेतावनी दिएकी छन ।
