मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीको समिति पुनर्गठन

Share:

रञ्जन अधिकारी पोखरा, १६ मंसीर / मदन भण्डारी स्पोर्टस् एकेडेमी, कास्कीको कार्यसमिति पुनर्गठन भएको छ । पुनर्गठित समितिको अध्यक्षमा ऋषिराम गौतम नै रहेका छन् भने उपाध्यक्षमा कुमार थिङ र नुना गुरुङ, सचिवमा कृष्ण तिमिल्सिना, सहसचिवमा खगेन्द्र क्षेत्री, कोषाध्यक्षमा नविन पाईजा पुन तथा सदस्यहरुमा चन्द्र बहादुर पुन, राजु गुरुङ, कृष्णहरि दवाडी, तेज बहादुर पुन, विमलमान गुभाजु, प्रेमनारायण न्यौपाने, ओम सुवेदी, सुर्य भण्डारी, अञ्जु क्षेत्री र मनोज श्रेष्ठ रहेका छन् । २१ सदस्यीय समितिमा थप पाँच सदस्य पछि मनोनयन गरिने अध्यक्ष गौतमले जानकारी दिए ।

पोखरामा बुधबार आयोजित पत्रकार भेलामा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबारे सांसद समेत रहेका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले जानकारी गराएका हुन् । श्रेष्ठले खेल क्षेत्रलाई संस्थागत विकास गर्ने हेतुले २०६६ साल पुस १७ (जनवरी १) मा तत्कालिन राष्ट्रपतिबाट मदन भण्डारीको सम्मान गर्दै उनकै नाममा एकेडेमी स्थापना गरेको जानकारी दिए । ‘जननेता मदन भण्डारीको सिद्धान्त जबजमा खेलकुदलाई उचित न्याय भएको छ । अन्तर्राष्ट्रिय व्यक्तित्व भण्डारीकै नाममा एकेडेमी स्थापिना गरेका हौं ।’ उनले भने– ‘कुनै कसैका विरुद्ध एकेडेमी होईन । पार्टीमा सउीमित भएर पनि रहेको छैन रहँदैन ।’ उनका अनुसार हाल मुलुकका विभिन्न ६२ जिल्लामा एकेडेमीको जिल्ला शाखा गठन भईसकेका छन् ।

अध्यक्ष श्रेष्ठले खेलकुद शिक्षा समेत प्रदान गर्ने उद्धेश्यले अघि बढेको जनाउँदै एकेडेमीबाट खेलकुदको सैद्धान्तिक ज्ञानका साथै प्रशिक्षण पनि प्राप्त हुने उल्लेख गरे । उनले नयाँ प्रतिभाको खोजीसँगै सकुन्जेल खेलबाट राष्ट्रका लागि योगदान दिने खेलाडीहरु नसकेपछि भविष्य नै अध्याँरोमा रहेका बेला उनीहरुलाई पनि उचित सम्मान दिने तरिकाले एकेडेमी अघि बढेको पनि जनाए । आगामी जनवरी पहिलो सातातिर कास्की शाखाले रग्वी खेल खेलाउनेबारे पनि उनले जानकारी दिए ।

केन्द्रिय सदस्य एवं राखेपका पूर्व सदस्य राजेशकुमार गुरुङले एकेडेमीले खेलकुदका गतिविधिका साथै दैवी प्रकोप पीडितहरुका लागि पनि सहयोग गरेको बताए ।

वार्षिक गतिविधिबारे जानकारी दिँदै एकेडेमी कास्कीका अध्यक्ष ऋषिराम गौतमले मदन जयन्ती लगायत विभिन्न समयमा सडक दौड, हाफ म्याराथन, फरक क्षमता भएकाहरुबीचका साथै विभिन्न दौड प्रतियोगिता, भुकम्प प्रभावितहरुका लागि सहयोग गरेको बारे जानकारी गराए ।

सो अवसरमा कास्की लुम्लेकी पहिरो पीडित संगीता बिकको अध्ययनका लागि माता मनकामना रियल स्टेटका सञ्चालक समेत रहेका मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रिय सदस्य राजेशकुमार गुरुङले नगद २५ हजार सहयोग प्रदान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष कुमार थिङले स्वागत तथा सचिव कृष्ण तिमिल्सिनाले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: