
माधब पनेरु , पोखरा, मंसिर १७ / ब्यबस्थापिका संसदका बिकास समितिका सभापति रबिन्द्र अधिकारीले मुस्ताङ जिल्लामा रहेको नेपाल चिनको ब्यापारीक नाका सञ्चालनको संभावना रहेको बताएका छन । मुस्ताङको कोरला नाकाको अध्ययन भ्रमण सकेर पोखरा आएका अधिकारीले पोखरामा एक कार्यक्रमको आयोजना गरि उक्त नाका सधैका लागि खोल्न सकिने बताएका हुन । हामिले खाली भारत संग मात्र सिमा जोडिएका क्षेत्रहरुको बारेमा बुझ्ने र बिभिन्न भाषिक र सास्कृतिक संबन्धका कुरा गरेपनि चिन र मुस्ताङमा पनि सोही खालको संबन्ध रहेको भन्दै चिन र नेपाल बिच भएको संझौता पनि सोही अबसरमा फेला परेका बताए ।
भारतले नाकाबन्दी गरेकै कारणले मात्र नभई अन्य बेलामा पनि यो क्षेत्रको बिकास र समग्र राष्ट्रका लागि सो नाका लाई उपयोग गर्न सकीने अधिकारीले बताए । सो नाका खोल्नका लागि चिनले देखाएको सुरक्षा चासोलाई भने अध्यागमन कार्यलय राखेर नेपालले बिस्वसनिय बाताबरण बनाउन सक्नुपर्ने उनको भनाई थियो ।
सो क्षेत्र बाट नेपालमा भारी मात्रामा चिनिया पर्यटक भित्राउन सकिने अधिकारीले दावि गरे । लुम्वीनी बाट पोखरा र मुस्ताङको राजमार्ग लाई एकिकृत रुपमा बिकास गर्न सकीने छ । मुस्ताङको बाटो र्निमाणमा बाताबरणीय वा पर्याबरणीय असरको बारेमा पनि कुनै सर्भ गर्न नपर्ने भएकाले पनि सरकारले बजेटमा कुनै समस्या नभएको बताईरहेका कारण काम दुर्त गतिमा गर्न सकिन्छ , उनले भने । बिगतमा भएका प्रयासलाई सस्थागत गर्न सकेका कारण अहिले चिन संगको नाकामा समस्या आएको उनको दाबि थियो ।
नकामा बाताबरणीय अनुकुलता मिलाउन भने आबस्यक रहेकोमा उनले जोड दिए । कार्यक्रममा अधिकारीले आफुहरुले अन्य नाकाहरुको पनि भर्खरै अध्ययन भ्रमण सकेर आएकोले अब र्दिघकालिन योजनाका साथ सरकारले काम अगाडी बढाउने बिस्वास ब्यक्त गरे । कार्यक्रममा सहभागिहरुले चिन संगको नाकालाई राजनितिक ऐजेण्डा नबनाई साझा धारणा बनाएर दुर्त गतिमा काम गर्न सुझाव दिएका थिए । हल्ला गर्न भन्दा काम गरेर देखाउन पनि सहभागिहरुले अधिकारीलाई सुझाव दिए ।
