नाकाबन्दीले नेपालको राजस्व संकलनमा पनि गभ्भिर असर

Share:

२१ मंसिर, काठमाडौं ।
तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण कात्तिक मसान्तसम्म मुलुकले कुल २२ अर्ब भन्सार राजश्व गुमाएको छ ।
आयात९निर्यातको मुख्य नाका वीरगञ्ज भन्सारले मात्रै १८ अर्ब रुपैयाँ भन्दा कम राजश्व उठाएपछि कुल भन्सार राजश्वमा ठूलो कमी आएको भन्सार विभागका महानिर्देश्क शिशिरकुमार ढुंगानाले बताए । भन्सार विभागले कात्तिक मसान्तसम्म ६० अर्व ३१ करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य लिएकोमा ३७ अर्ब ६९ करोड रुपैयाँमात्र संकलन भएको विभागले जनाएको छ ।
यसमा निर्यात अन्तरगतको मूल्य अभिवृद्धि कर र अन्तशुलक पनि समावेश छ ।
वीरगञ्ज नाका गत असोज ७ गतेदेखि ठप्प छ । कुल भन्सार राजश्वको ५० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने नाकामा निरन्तर अवरोध भएपछि दैनिक करोडौं राजश्व नोक्सान भइरहेको छ । भारतीय नाकाबन्दीपछि अन्य नाकाहरुमा पनि भन्सार राजश्वको संकलन प्रभावित भएको ढुंगानाले बताए । भारतबाट आउने मालबहाक गाडीहरु सहज रुपमा पास भएर नआउँदा अन्य भन्सारहरु पनि प्रभावित भएका हुन् ।
भन्सार विभागले चालु आर्थिक वर्षमा २ खर्ब ५ अर्ब राजश्व उठाउने लक्ष्य लिएको छ । तर, यो वर्ष लक्ष्यअनुसार राजश्व संकलन गर्न कठिनाइ पर्ने देखिएको महानिर्देशक ढुंगानाले बताए । भन्सारतर्फ गुमेको राजश्व फेरि रिकभर हुने सम्भवना कम हुने भन्सार अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: