जिल्ला बार कास्कीको पदस्थापन सम्पन्न

Share:

कास्की ०७२ मंसिर २२ गते , कास्की जिल्ला अदालत बार एशोसिएसनको तेश्रो कार्यकाल (०७२। ०७४ ) को लागी मंङसीर ११ गते सम्पन्न निर्बाचनबाट निर्बाचित पदाधीकारीहरुको पदस्थापन सम्पन्न भएको छ ।
पदस्थापन कार्यक्रमका प्रमुख अतिथी पुनराबेदन अदालत पोखराका मुख्य न्यायधीस माननिय डम्बरबहादुर शाहीले निर्बाचीत पदाधिकारीहरुलाइ एक समारोहका बिच पदस्थापन गराएका थिए । सो अबसरमा प्रमुख अतिथि शाहीले बार र बेञ्चको सुसम्बन्धमा सकारात्मक भुमीका निर्बाह गर्न तथा न्यायपालीकाको पञ्चबर्षीय रणनीतिक कार्ययोजना सफल बनाउन कानुन ब्यबसायी तथा बार एशोसिएसनको महत्वपुण भुमिका रहने बताए ।
निर्बाचन समितिका संयोजकअधिबतmा कमलप्रसाद अर्यालको अध्यक्षतामा र्भको उतm पदस्थापन कार्यक्रममा निर्बाचित पदाधिकारीहरुलाइ कास्की जिल्ला अदालतका माननिय न्यायधिस रामप्रसाद ओली, बरीष्ठ अधिबतmा कृष्णबहादुर थापा , नेपाल बार काउन्सीलका सदस्य मोहननाथ कोइराला, नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष अनिता गुरुङ, पुनराबेदन सरकारी वकिल कार्यालयका न्यायधिबतmा गणेशबाबु अर्याल, पुराबेदन बारका अध्यक्ष खगेन्द्रराज आचार्य, निबर्तमान जिल्ला बारका सचिब दिपकराज पौडेल, पुलराबेदन बारका पुर्ब अध्यक्ष भुपनिधि पन्त , शुकदेब गौतम , कृष्ण तिमिल्सीना लगायतले बधाइ तथा शुभकामना मन्तब्य ब्यतm गरेका थिए ।
नेपाल बार एशोसिएसनको ८४ औ शाखाको रुपमा स्थापीत कास्की जिल्ला बारमा ५३ जना सदस्यहरु रहेका छन । कास्कीमा कार्यरत बिभिन्न बिचार समुहका कानुन ब्यबसायीहरुको साझा तथा सहमतीय संस्कार अनुरुप स्थापनाकाल देखी नै अगाडी बढेको कास्की जिल्ला बारमा यस पटकको निर्बाचनमा पनि सहमतीमा नै उम्मेदवारी परेको निर्बाचन संयोजक अधिबतmा कमलप्रसाद अर्यालले बताए ।
मसिंर ११ गते सम्पन्न निर्बाचनमा निर्बिरोध भएको निर्बाचन मनोनयनमा अध्यक्ष अधिबतmा सोमबहादुर श्रेष्ठ, उपाध्यक्षमा अधिबतmा शिबबहादुर सुनार, सचिबमा अधिबतmा बिरेन्द्र बास्तोला, कोषाध्यक्षमा अधिबतmा मदनप्रसाद तिवारी, सदस्यहरुमा अधिबतmाहरु लिलाबल्लौ न्यौपाने, बिष्णुप्रसाद अधिकारी, हेमराज बराल,डण्डपाण्ी बराल,कृष्णकुमार श्रेष्ठ, गिता आचार्य, दुर्गेशराज पन्त, कमल थापा, बाबुराम अर्याल निर्बिरोध निर्बाचित भएका थिए । सोमबार बिषेस समारोह गरी पदाधिकारीहरुको पदस्थापन सम्पन्न गरीएको निर्बाचन संयोजक कमलप्रसाद अर्यालल जानकारी गराएका छन ।

कमेन्ट गर्नुहोस्
Share: