टिपिकल ‘धौली’

Share:

माधब भुसाल, मंसीर २४ । टिपिकल नेपाली कथावस्तुलाई पर्दामा उतारिएको चलचित्र धौली प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा अंग्रजी नयाँ बर्षको अवसर पारेर जनवरी १ अर्थात पौष १७ मा प्रदर्शन गरिने भएपनि काठमाडौं बाहीर भने पौष १० मै प्रदर्शनमा आउने छ ।

चलचित्रका निर्देशक घनश्याम लामीछाने चलचित्रले आफ्नोपन सँगै दर्शकलाई मनोरञ्जन दिलाउने बताउछन् । नेपाली सँस्कार, रितिरिवाज र परिवेश भित्र रहेर यस चलचित्रको कथा बुनिएको निर्देशक लामीछानेले बताए ।

फिल्ममा लोपोन्मुख कटवाल प्रथा, झाँकी प्रथा, झारा बोलाउने प्रचलन जस्ता गाउँघरका क्रियाकलाप समेत समेटेको छ । दलित महिला ‘धौली’ र ब्राह्मण युवाबीचको प्रेम सम्बन्धका कारणले आउने समस्यालाई यो फिल्मले कथाबस्तुमा बुनेको निर्माणपक्षले जनाएको छ ।

स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्ममा गीता अधिकारी प्रमुख भुमिकामा देखिएकी छन् । त्यस्तै विष्णु गौतम, प्रकाश घिमिरे, गजित विष्ट, विद्या कार्की, सम्भु थापा, अनु शाह लगाएतले फिल्ममा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: