
माधब पनेरु, पोखरा, २७ मंसिर-
कृषि मन्त्री हरीबोल गजुरेलले २० बर्षसम्म कृषि पेशा लाग्ने किसानका लागि पेन्सनको ब्यबस्था हुने गरी सरकारले २७ बुँदे प्रतिबद्धता पत्र ल्याएको बताएका छन । पोखरामा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले अब कृषि पेशलाई पनि मर्यादित बनाउनको लागि पछिल्लो समय सरकारमा भएका प्रधानमन्त्री देखि सबै सकारात्मक ढंगले अगाडी बढेको बताए । बिशिष्ट पकेट क्षेत्रको अबधारणका आधारमा समस्या हल गर्न लागेको उनको भनाई
नेपालमा किसानको परिभाष पनि छुट्टाउन आबस्यक भएकोले कषिमा लाग्नेहरुको सही पहिचानका लागि वर्गिकरण गरि परिचयपत्र दिएर त्यसका आधारमा कार्यक्रम बनाईने उनले बताए ।
पछिल्लो समय सरकारमा सहभागि मन्त्रीहरुको बारेमा नकारात्मक कुराहरु बाहिर आउन थालेको बारेमा पनि मन्त्री गजुरेलले सबैले गल्ती नगरेको बताए । सबैलाई एउटै टोकरीमा हाल्न नहुने भन्दै उनले गल्ती गर्ने दुई चार जना नेता र मन्त्रीलाई समेत कार्वाही गर्न आफुले नै माग गरेको बताए ।
देशको बिद्यमान संकटको बारेमा सबै जानकार भएको भन्दै उनले केही सकारात्मक संकेत देखिएको भएपनि यसै हुन्छ भन्न नसकीएको गजुरेलको भनाई थियो ।
