मानवीय संवेदनाका हिसाबले काँग्रेसले ठीक गरेन: मन्त्री सापकोटा

383
0
Share:

रञ्जन अधिकारी पोखरा, २७ मंसीर / भुकम्प प्रभावितको राहतका लागि बनाईने पुर्ननिर्माण प्राधाकिरण विधेयक अघि बढाउन मधेशी मोर्चाले समेत संसद चल्न दिन सहमत भईसकेको छ । तर प्रमुख पार्टी नेपाली काँग्रेसले संसद अवरुद्ध गर्नुलाई बनमन्त्री अग्नीप्रसाद सापकोटाले मानवीय संवेदनका हिसाबले काँग्रेसको यो कदम बेठीक भएको बताएका छन् ।

पोखरामा आईतबार विहान क्रान्तिकारी पत्रकार संघ, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले काँग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएपनि आईतबारको संसदमा काँग्रेसले भुकम्प पीडितको सास्तीलाई बुझेर अवरोध नगर्ने विश्वास लिएका थिए । तर आईतबारको संसद बैठक समेत काँग्रेसले अवरुद्ध पारेको छ । संसद बैठक अघि भएको त्रिपक्षीय वार्तामा प्रधानमन्त्रीले काँग्रेस सरकारकै पुनर्निमाण विधेयक अघि बढाउन गरेको आग्रह काँग्रेसले अस्वीकृत गरेको थियो । नेपाली काँग्रेसल संविधान संशोधनको विधेयक पनि संगै अघि बढाउन भनेको हो । काँग्रेसको यो संशोधन प्रस्ताव मधेशी मोर्चाको प्राथमिकतामा नपरेकाले तत्काल अघि बढाउन आवश्यक नरहेको सरकारको ठम्याई छ ।

‘मधेशी मोर्चा र काँग्रेसबीचको विवादले नै संसद अवरुद्ध भएको हो । काँग्रेसले किन गरेको भन्ने पनि घाम जत्तिकै छर्लङ्गै छ ।’ सापकोटाले भने– उसै त भुकम्पप्रभावित झन् अहिले जनताले व्यहोरेको सास्तीमा काँगेसले यो विधेयक रोक्नु भनेको मानवीय संवेदनाको हिसाबले पनि बेठीक हो ।’ मन्त्री सापकोटाले देशमा देखिएको वर्तमान समस्यालाई हल गर्न सरकार हदैसम्म लचिलो भएको बताए। ‘सरकारले राजनीतिक र कुटनीतिक रुपमा प्रयास गरिरहेको र सकारात्मक संकेत पनि देखिएका छन्’ उनले भने– दक्षिण एसियाको राजनीतिमा विश्वासको खडेरी छ, अहिले नै समस्या समाधान हुन्छ भन्न सकिने अवस्था छैन ।’ अहिलेको समस्या राजनीतिक नै भएको बताउँदै सापकोटाले मधेशी मोर्चाले राखेका मागलाई पुरा गराउन सरकार लचिलो भएको बताए । मधेशी नेताहरुले सरकराले राखेको प्रस्तावमा केही भाषागत समस्या देखाईएको भन्दै उनले केही दिनमा सहमतिमा पुगिने सम्भावना रहेको बताए । नेपालीहरुको आन्तरिक एकता बलियो नहुदाँ सम्म समस्या हल गर्न कठिन भएको उनको भनाई थियो ।

अहिले नेपाली जनताले व्यहोरेको सास्तीबाट मुक्त गराउन सरकारले केही पनि पहल गरेको छैन भन्ने कुरा होईन भन्दै तर जटिल समस्या भएका कारण परिणाम आउन समय लागेको बताए । अहिले एमाओवादी भित्र सरकारमा सहभागी मन्त्रीहरुको बारेमा बहस चलेपनि फिर्ता बोलाउने बारेमा कुनैपनि छलफल नभएको उनले स्पष्ट पारे । एमाओवादीको तर्फबाट सरकारमा सहभागि भएका मन्त्रीहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै पार्टीभित्र नै विवाद भएको र अहिले पार्टी नेतृत्वमा छलफल चलिरहेको स्थायी समिति सदस्य समेत रहेका सापकोटाले भने ।

उनले अख्तियारको यो छानविन प्रक्रिया केहि रहस्यमय तरिकाले आएको भन्दै यसबारे थप कुरा पार्टीले आवश्यक छलफलपछि सार्वजनिक गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: