देशभर चिसो ह्वात्तै बढ्यो

Share:

काठमाडौं, पुस २ / घाम राम्रोसँग नलाग्दा देशभर चिसो ह्वात्तै बढेको छ । पुस लागिसकेको र हिमाली क्षेत्रबाट हावा चल्न थालेकाले चिसो अझै बढ्ने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यकासहित अरु शहरी क्षेत्रमा देखिएको वायू प्रदुषणका कारण लागेको तुवाँलो र हिमाली क्षेत्रबाट चलेको हावाका कारण चिसो अझै बढ्ने सम्भावना रहेको मौसमविद बरुण पौडेलले बताउनुभयो ।

तुवाँलोले घाम छेकिदिएकाले जमिन तात्न नपाउँदा चिसो बढ्दै गएको हो । दिन छोटो र रात लम्बिदै गएकाले पनि जमिन तात्न नपाउँदा देशभर चिसो बढेको मौसमविद पौडेलले बताउनुभयो ।

तीव्र गतिमा हावा चलेमा या पानी परेमा मात्र तुवाँलो हट्ने तर अहिले तत्काल पानी पर्ने र हावा चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम यस्तै मौसमविदको भनाई छ । जमिन तात्न नपाउँमा अहिले न्युनतम र अधिकतम तापक्रम दुवै घट्दै गएको छ ।

काठमाडौंको न्युनतम तापक्रम बिहीबार २ डिग्रीमा झर्ने अनुमान गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १७ डिग्रीमा झरेको छ । केही दिन अघि काठमाडौंको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस थियो ।

यस्तै जुम्लाको तापक्रम बिहीबार माइनस ५र६ डिग्री सेल्सियसमा झरेको छ । डडेल्धुराको तापक्रम जिरो डिग्री सेल्सियस छ भने सुर्खेतको ३ देखि ४ डिग्री र पोखराको ६ डिग्री सेल्सियस छ ।

तराईका जिल्लाकामा पनि केही दिनदेखि तापक्रम घट्ने क्रममा छ । त्यस क्षेत्रको तापक्रम बिहीबार ३ देखि ५ डिग्री सेल्सियस मापन गरिएको छ । तराईका जिल्लामा बिहीबार पनि बाक्लो कुहिरो लागेको छ ।

कमेन्ट गर्नुहोस्
Share: