एयर फ्रान्सको जेट विमानमा बम भेटियो

Share:

एजेन्सी नैरोबी, पुस ५ / बम भएको सूचना आएपछि आइतबार केन्यामा आपतकालीन अवतरण गरिएको एयर फ्रान्सको जेट विमानमा बम भेटिएको छ।

अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार केन्याका अधिकारीहरुले विमानमा दुईवटा बम भेटिएको बताएका छन्।

बम राखेको आशङ्कामा दुई यात्रीमाथि छानबिन भइरहेको छ। बम राखेको आशङ्कामा उनीहरुलाई पक्राउ गरी छानबिन थालिएको समाचारमा उल्लेख छ।  मौरिससबाट पेरिसका लागि उडेको विमानमा बम राखेको सूचना आएपछि केन्याको राजधानी नैरोबीमा आपतकालीन अवतरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: