नेपालगञ्जमा सुरक्षा गोष्ठी हुँदै

Share:

नेपालगञ्ज ७ पुस-
नेपालगञ्जमा आज सुरक्षा गोष्ठी हुँदैछ । मध्य र सुदुरपश्चिमका स्थानीय प्रशासकहरुका लागि सुरक्षा गोष्ठीको आयोजना गरिएको हो । मध्यान्हपछि शुरु हुने गोष्ठीलाई गृहमन्त्री शक्ति बहादुर बस्नेतले सम्बोधन गर्नुहुनेछ ।

गोष्ठीमा गृहसचिव, केन्द्रिय सुरक्षा निकायका प्रमुखहरु, मध्य र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका सुरक्षा प्रमुख, अञ्चल प्रमुख र २४ वटै जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहने बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी दिनुभयो । गोष्ठीमा यस क्षेत्रको सुरक्षा अवस्था, चुनौती र भावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: