प्रधानमन्त्री ओली भन्छन्– एकबर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्न सबै नीतिगत समस्या हटाइन्छ

Share:

काठमाडौँ, ७ पुस-
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र विद्युत्भार कटौती गर्ने सरकारको पूर्ण अठोटलाई कार्याान्वयन गर्न कुनै पनि कसर बाँकी नराखिने बताएका छन् ।
व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा उहाँले जिम्मा दिइएका निकायले काम नगर्ने, नीति नियम मात्रै देखाएर बस्ने, समस्या समाधानमा ध्यान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
विगतमा गरिएको गल्तीको परिणाम नेपाली जनताले भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “एउटा निकायले अर्को निकायलाई देखाउने, कागजी प्रक्रिया देखाएर समस्या खडा गर्ने, काम गर्न खोज्नेलाई उल्झन खडा गर्ने कोही कसैलाई पनि छुट दिन सकिँदैन, अब कार्यतालिकाअनुसार काम हुनुपर्छ ।”
सरकारको प्रमुख ध्यान जलविद्युत् क्षेत्रको विकास गर्नेमा नै रहेको भन्दै प्रधानमन्त्रीले जनताले अनुभव गर्ने गरी एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्न सौर्य र वायु ऊर्जाको विविधीकरणमा जोड दिइएको उल्लेख गरे ।
वायु ऊर्जाको सम्भाव्यता अध्ययन गर्न सरकारले लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइसकेको जानकारी प्रधानमन्त्रीले दिए ।
सरकारले प्रत्येक घर घरमा सौर्य ऊर्जा प्रणाली जडान गर्ने कार्ययोजना ल्याएको र केही समयभित्रै पूर्ण रुपमा कार्यान्वयन गरिने विश्वास दिलाउँदै उनले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी चलाउने र प्रसारण लाइन निर्माणमा देखिएको सबै समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
Share: