
काठमाडौँ, ८ पुस-
व्यवस्थापिका–संसद्ले विवाह पञ्चमीका दिन जनकपुरको राम जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन गरेको छ ।
संसद्को आजको बैठकमा समय माग गरी सांसदले राष्ट्रपतिमाथि जनकपुरमा भएको दूव्र्यवहारले सम्पूर्ण नेपालीको अपमान भएको भनी आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त घटनाको बारेमा संसदको आगामी बैठकमा जानकारी गराउन निर्देशन दिएकी हुन् ।
उनले भनिन्, “जनकपुरमा राष्ट्रपतिमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाउँदै सांसदले प्रश्न उठाउनु भएकाले नेपाल सरकारलाई संसदको आगामी बैठकमा जानकारी गराउन निर्देशन गर्दछु ।”
बैठकको प्रारम्भमै समय माग गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जनकपुरमा राष्ट्रपतिमाथि एक जात र समुदायले अपमानित गर्ने काम गरेको छ भनी आपत्ति प्रकट गरे ।
संसद् भनेको जनताको आवाज पु¥याउने थलो भएपनि नाकाबन्दी र कालोबजारीबाट नेपाल र नेपाली जनता मारमा पर्दासमेत संसदमा कुरा राख्न नपाएको भनी रोष प्रकट गर्दै उनले भने, “देशमा कालोबजारी भएको छ, भ्रष्टाचार मौलाएको छ, ३०० नेताको नाममा पेट्रोल पम्प सञ्चालनमा रहेकामा त्यसमा व्यापक कालोबजारी भएकाले छानबिनको आवश्यकता देखिएको छ ।”
नेकपा ९एमाले०का सांसद सुशीला नेपालले संविधानले कसैलाई पनि जाति र लिङ्गका आधारमा विभेद गरिने छैन भनिएपनि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा महिला राष्ट्रपतिप्रति अपमान गर्ने काम गरेको भनि आपत्ति जनाए । उनले भने, “महिलालाई अपहेलना गर्ने, दुव्र्यवहार गर्ने कार्य भएको छ, यो घटनाबाट सबै नेपाली महिला र विश्वका महिलामाथि दुव्र्यवहार भएको छ ।”
जनकपुर घटनाको बारेमा संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष आग्रह गर्दै उनले घटनाको भत्र्सनाका साथ दोषिलाई कारबाहीको माग गगरे ।
