अब यसरी गरौं टेलिकमको मोबाईलमा ब्यालेन्स ट्रान्सफर

Share:

काठमाडौं, १० पुस-
केही महिनायता स्थगित भएको नेपाल टेलिकमको ब्यालेन्स ट्रान्सफर सेवा पुन: सुचारु भएको छ । 

 नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफरको नयाँ तरिकासहित यो सेवालाई पुन: सुचारु गरेको हो ।  टेलिकमले परिमार्जनसहित ब्यालेन्स ट्रान्सफर गर्ने नयाँ प्रणाली ल्याएको टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले बताए ।
नयाँ प्रणाली अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पठाइने रकमको मात्रा पैसामा बदल्नु पर्दैन । यसअघि १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दा १००० पैसा लख्नुपर्थ्यो । अबदेखि भने अब १० रुपैयाँका लागि १० मात्रै लेखे पुग्छ ।
नयाँ प्रणालीमा एक पटकमा १० रुपैयाँदेखि १०० रुपैयाँमात्र ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । कुनै एउटा नम्बरबाट एक दिनमा पाँच पटकमात्र ब्यालेन्स पठाउन सकिने टेलिकमले जनाएको छ ।
ब्यालेन्स ट्रान्सफरका लागि *422*security code no*phone no* Rs# डायल गर्न सकिनेछ ।
कमेन्ट गर्नुहोस्
Share: