कर्णदासलाई पोखरामा १० वर्ष पछि उत्तिकै माया

Share:

रञ्जन अधिकारी पोखरा, ११ पुस / चर्चित गायक कर्णदासले पोखरामा १० वर्षपछि पनि उत्तिकै माया पाए । पोखरा सभागृहको हलभरी खचाखच दर्शकबीच उनी आज आफ्ना सदावहार गीतका साथ प्रस्तुत भए ।

‘१० वर्षपछि कर्ण दास पोखरामा’ शीर्षक दिएर आयोजित एकल साङगितिक कार्यक्रममा उनलाई सुन्न पोखरामात्रै होईन, छिमेकी जिल्लाहरुबाट समेत उत्तिकै उनका गीतका पारखीहरु भेला भएका थिए । कार्यक्रममा गायक कर्ण दासले जीन्दगीको के भरोसा, ठूला/ठूला महल हैन, पुरानो डुंगा, मनमनै मन पराएँ, लगायतका दुई दर्जन गीत आफ्ना श्रोता शुभेच्छुक माझ प्रस्तुत गरे ।

लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले आयोजना गरेको उक्त कार्यक्रम भूकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण सहयोगार्थ भएको क्लवका अध्यक्ष बासु कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: