
विराटनगर, १२ पुस-
विराटनगरमा नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अहिले पनि उपचार भैरहेको छ ।
उनको विराटनगरस्थित गोल्डेन अस्पतालको सघन उपचार कक्षमा उपचार भैरहेको हो ।
अस्पतालका अनुसार महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।
शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ धर्नामा बसेपछि प्रहरीसँग झडप हुँदा महतो घाइते भएका थिए ।
कमेन्ट गर्नुहोस्
