कालिका बहुमुखी क्याम्पसको रजत जयन्ती शुभारम्भ

Share:

बिग न्युज पोखरा १२ पुस । पोखरा विश्वविद्यालयका उपकुलपति चीरञ्जीवि शर्माले अब समयसँगै शैक्षिक निकायले पनि आफुलाई परिमार्जित गर्दै शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । उनले मुलुकको आवश्यकतालाई हेरी शैक्षिक कार्यक्रम अगाडि बढाउन आग्रह गरे ।

पोखरा काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसको रजत जयन्ती कार्यक्रमको सुभारम्भ गर्दै उपकुलपछि शर्माले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । अब मुलुक संघीयतामा गईसकेको सन्दर्भमा कालिका बहुमुखी क्याम्पस यस प्रदेशकै उत्कृष्ट बन्नुपर्ने उनको भनाई थियो । शर्माले क्याम्पसको शैक्षिक स्तरलाई अन्तराष्ट्रिय तहमा पु¥याउनुपर्ने कुरामा जोड दिए । विश्वविद्यालय अनुदान आयोगको सहयोग लिएर अगाडि बढ्न सुझाव दिँदै शर्माले आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदका सदस्य एवं महिला नेतृ सारदा पौडेलले शिक्षा एवं विकास निर्माणका क्षेत्रहरु राजनीतिबाट मुक्त हुनुपर्ने बताउँदै राजनीतिकरणले गर्दा राम्रा संस्थाहरु पनि धरासायी भएको बताइन् । कालिका क्याम्पसको प्रशंसा गर्दै सांसद पौडेलले क्याम्पसलाई एक लाख रुपयाँ प्रदान गर्ने घोषणा गरिन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं रजत जयन्ती मुल समारोह समितिका संंयोजक सूर्य वहादुर केसीले क्याम्पसको विकास र स्तर उन्नतिको लागि आफूले अनवरत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संस्थापक क्याम्पस प्रमुख वलवीर शिंह नेगीको योगदानको चर्चा गर्दै अध्यक्ष केसीले क्याम्पसको विकासको लागि सवै पक्षको आवश्यकता औल्याए ।

व्यवस्थापन समितिका सदस्य डा. कृष्ण केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संचालक समिति सदस्य एवं चन्द्रमाया प्रतिष्ठानका सदस्य वोधराज कार्की, पूर्व ब्यवस्थापन समितिका सदस्य महेश गुरुङ्ग, कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धर, क्याम्पसका प्राध्यापक संघ इकाई समितिका कावा सभापति रवीन्द्र बाँस्तोला, पूर्व प्राध्यापक विश्व अधिकारी, वुद्धटोल महिला संमुहकी अध्यक्ष संझना अधिकारी, विद्यार्थि कल्याण समितिका अध्यक्ष राम सुनार लगायतका वक्ताहरुले क्याम्पसको उन्नतीको लागि शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य ब्यवस्थापन समितिका सदस्य ललित भण्डारीले गरेका थिए भने सञ्चालन प्राध्यापक माधव वरालले गरेका थिए । सो अवसरमा क्याम्पसमा सञ्चालन भएका विभिन्न खेलकुद एवं अन्य निवन्ध प्रतियोगितामा उत्कृष्ठ विद्यार्थिहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरीएको थियो । यसैगरी कार्यक्रममा विद्यार्थी एवं विभिन्न आमा समुहहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा शनिवार भएको प्रभात फेरी कार्यक्रममा उत्कृष्ट आमा समूहरुलाई परस्कृत र सहभागीहरुलाई सम्मान गरिएको थियो ।

स्थापनाको चौबिसांै वर्ष पुरा गरी पच्चिसौ वर्षमा प्रवेश गरेको क्याम्पसलेवर्ष दिन भरी विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ति वर्ष मनाउने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: