दोलखा,१३ पुस ।
भूकम्प गएको ९ महिना पुग्दा पनि पराकम्प रोकिएको छैन । दोलखा केन्द्रविन्दु भएर सोमवार बिहानै पराकम्प गएको छ ।
विहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भुकम्प गएपछि अहिलेसम्म चार म्यानिग्च्यूडभन्दा माथिका ४ सय २० वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।
यसअघि गएको बुधबार पनि दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
कमेन्ट गर्नुहोस्

