
काठमाडौं, पुस १३ –
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ । सोमबार सकिने केन्द्रीय समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्न सक्ने एक नेताले बताए । उनका अनुसार प्रायः सबै केन्द्रीय सदस्यहरु सरकारको कार्यशैलीको बिरोधमा छन् ।
आइतबारको बैठकमा बोल्ने २८ मध्ये २७ जना केन्द्रीय सदस्यले सरकारलाई दिएको समर्थन फिर्ता लिन माग गरेका थिए । सोमबार बाँकी ३० जना केन्द्रीय सदस्यले बोलेपछि बैठक सकिनेछ ।
कमेन्ट गर्नुहोस्
