
पोखरा, १३ पुस-
पोखराको फेवाताल किनार बसुन्धारा पार्कमा आजदेखि १७ औं सडक महोत्सव सुरु भएको छ । महोत्सवको पर्यटन तथा नागरिक उडड्नमन्त्री आनन्द पोखरेलले उद्घाटन गरे ।
विगत १७ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सव “सडकमै खाँऔ सडकमै नाचौं” भन्ने नारा सहित सुरु भएको हो । मधेश आन्दोलन र भारतीय नाकाबन्दीवीच पनि महोत्सवको रौनकले पोखराको लेकसाइड् सिंगारीएको छ । लेकसाइडको फिस्टेलगेटदेखि हिहीकोपाटनसम्मको तीन किलोमिटर सडक झिलीमिलि बनेको छ । पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा चिनाउने लक्ष्य सहित पोखराको लेकसाईडमा पाँचदिने सडक महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष गोपीबहादुर भटराईले बताए ।
नयाँ वर्ष मनाउन अन्यत्र जाने हुदाँ पोखरा पर्यटनको केन्द्र भएपनि त्यति चहलपहल नहुने भएकाले महोत्सव मार्फत पर्यटकलाई आकर्षण गर्न अग्रेजी नयाँ वर्षमा महोत्सव संचालन गदै आएको महोत्सव संयोजक चौबहादुर गुरुङले बताए ।
नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना विगत १५ वर्षदेखि सुरु गरिएको हो । तर यस वर्ष देशमा गएको भूकम्प र भारतीय नाकाबन्दीले देशमा देखिएको संकटपूर्ण अवस्थामा आर्थिक गतिविधिलाई सक्रिय बनाउँदै आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सव कोसेढुङगा बन्ने अपेक्षा आयोजकको छ ।
खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिकहरु हुने छन् । पोखरामा अवस्थित रेष्टुरेन्टहरुको खानाको गुणस्तर वृद्धि गराउने र आगामी दिनलाई पोखरालाई प्याराडाईज पोखराको रुपमा स्थापित गर्दै लैजाने महोत्सवको लक्ष्य रहेको छ । पाँच दिनसम्म चल्ने महोत्सव अवधिभर सवारी आवागमन बन्द गरेर त्यस क्षेत्रका ८० बढी रेष्टुरेण्ट तथा बारहरु सडकमै उतारेर सडकबाटै सेवा दिने छन् ।
पोखराको फिस्टेल गेट, लेकसाईडको अम्मट, गौरीघाट, बाराहीचोक, खहरे देखि डिहिकोपाटनको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन हुने छ ।
