
सर्लाही, १४ पुस-
सर्लाहीमा एकाविहानै एमाले नेताको धारीलो हतियार प्रयोग गरी हत्या भएको छ ।
सर्लाहीका एमाले जिल्ला कमिटी सदस्य रामनरेश रायको बिहान ‘मर्निङ वाक’ मा रहेका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५८ वर्षीय रायको हत्या उनकै गाउँ हेमपुर गाविस–७ मा हत्या भएको हो ।
उनको टाउको र मुखमा धारिलो हतियारले हानिएको छ ।अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
