रेम बिक
पोखरा, १४ पुस | विग आईकनको यो सिजन अन्तरगत तेस्रो चरणको अडिसन राउण्ड शुरु भएको छ । मंगलबार भएको तेस्रो चरणको अडिसन अन्तरगत पहिलो दिन ३५ जना गायन प्रतिभाहरुले अघिल्लो चरणको लागि कार्ड प्राप्त गरेका छन् । तेस्रो चरणको अडिसन बुधबार सम्म चल्नेछ ।
तेस्रो चरणको अडिसनमा कुल ७९ जना प्रतिस्पर्धीहरुले ईन्ट्रि पाएका थिए । ती मध्ये मंगलबार ४३ जना प्रतिभाहरुले अडिसनमा सहभागिता जनाए भने बाँकी ३६ जनाले बुधबार अडिसन दिने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । बुधबार विहान ९ बजेदेखि न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा अडिसन शुरु हुनेछ ।
छैठौँ सँस्करणको विग आईकनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । मंगलबार निर्णायकहरु श्यामसुङ तामाङ, सुनील थापा र कर्ण दासले प्रतियोगीहरुको अडिसन लिएका थिए । बिनोद बानिया र विवेक श्रेष्ठ पनि यो पटक निर्णायकको रुपमा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
